गजल 'आमा'


गजल By, हरी गौतम

चुलाको आँगोमा,आफैलाई तपाउछिन आँमा.!!
छोरा-छोरीको गल्ती,आफैमाथी ल्याउछीन आँमा.!!

दुध रोटी देखी लीएर, स्कुल कलेज सम्मको सफर,
ममता र स्नेहको चाँसनीमा, घुलाउछीन आँमा.!!
आँधी हुरी झरी वतास वाट, बचाउनको लागी,
आफैलाई भीजाएर छोरा-छोरी बचाउछीन आँमा.!!

बच्चाहरू बिग्रेलान भनी,गाली गरे झै गरी,
आफैलाई रूलाएर,उन्लाई आदर्शवादी बनाउछीन आँमा.!!

बेलुका भई सक्यो,अझै आउदैनौ कीन..?"
फर्की आईदेउ अब, तिम्लाई बोलाउछीन आँमा.!!

[[२"चुलाको आँगोमा आफैलाई तपाउछीन आँमा.!!
छोरा-छोरीको गल्ती,आफैमाथी ल्याउछीन आँमा.२"]]

हरी गौतम (अर्घाखाची)
-खनदह३- हाल- भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com