प्रेमगीत २ को गीत रिलिज, दुई दिनमै ८ लाख भन्दा बढि भ्युअर (भिडियो)

काठमाण्डौ बैशाख १,

मोहन न्यौपाने : गतबर्षकै सर्बाधिक रुचाइएको फिल्म प्रेमगीतको सिक्वेल फिल्म प्रेमगीत २ को भर्खर रिलिज गीतले २ दिनमै ८ लाख भन्दा बढि भ्युअर पाएको देखेर अहिले निर्माता सन्तोष सेन दङ्ग छन् । आफ्नो प्यारा दर्शक र प्रेमगीतको जुन फ्यान र शुभेच्छुकलाइ उनले मुक्तकनठाले प्रशंशा गरेका छन् । भन्छन : “मसंग दर्शक र श्रोता को माया अनि कमेन्ट र सदभाबको कुनै शब्दै छैन र भेट्टाएको नि छैन त्यो शब्दमा सधै ऋणी हुनेछु यो मायाको लागि ।”अझ उनि थप्छन: “पहिलेकै फिल्म प्रेमगीतलाइ भन्दा अझबढी माया गरिदिनुहुनेछ” भन्ने आशा पनि राखेका छन् ।
पछिल्लो समय नेपालमै छायांकन स्थल भेट्टाएका निर्देशक र निर्माताहरु नेपालसंगै विदेशका छायांकन स्थल बिचको प्रेम साटासाट गर्न माहिर देखिएका छन् । त्यसको सफल उदाहरण प्रेमगीत २ को भिडियो गीत बनेको छ ।आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्म प्रेमगीत २ ले अहिले जसरि दर्शकको माया पाएको छ । त्यसको सबल कारण प्रेमगीत फिल्मको मेकिङ्ग , छायांकन , स्टोरी हो त्यसको अझै दोब्बर सीनेमाटोग्राफ़ि , छायांकन स्थलको कम्बिनेशन अनि प्रेमगीतको जोडी मध्यका प्रेम यानकी प्रदिप खड्का र नव नायिका अश्लिशा ठकुरीको आत्मिय प्रेम दर्शिएको क्यामेस्ट्रिले दर्शक लाइ अझ नजिक तानेको छ ।
प्रदिपका फ्यानहरुलाई नया बर्षमा फेरी उनले आफ्नो उपहार प्रेमगीत २ को गीत दिएका छन् । जुन दर्शकले हेरेर मन्त्रमुघ्ध बनिरहेका छन् । नया अभिनय भएपनि अश्लिशा नया लाग्दिनन उनको बोल्ड क्षमता अभिनय लुक्स र क्यामेस्ट्रिको फाइट प्रदिपसंग जुरेको छ र उनि आफैमा अब्बल देखिएकी छिन । त्यस्तै प्रदिपको कोट र माथि हेर्ने स्टाइलले अझ यो गीतमा दोहोरिएको भए पनि मजाको स्वाद दिएको छ । उनको दुइ तीनवटा लुक्समा पर्फेक्ट देखिएका छन् ।
जति हेर्यो त्यति शितलता प्रदानगर्ने गरि यसलाई रामशरण पाठकले निर्देशन गरेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको गीतमा रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ । कहानी यो प्रेम गीतको बोलको गीतमा कहानी कस्तो होला? भन्ने जिज्ञासा समेत दिएको छ । जसको लागि दर्शकले फिल्मनै हेर्नुपर्ने बाध्यता छ ।

गतबर्ष रिलिज फिल्म प्रेमगीतको कभरसंग बिजेतालाइ राम्रो प्लेटफर्म दिएर सन्तोष सेनले र आसुसेन फिल्म्सको तर्फबाट मिलन सेन ठकुरीले यो कार्यमा दर्शक श्रोता र गायक गायिकालाइ न्याय गरेका छन । गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीले आवाज दिएका छन् । कल्याण सिंहको नया स्वाद चखाउने खालको  संगीत भरेको गीतलाई अमृत महरठ्ठाले प्रेम मई शब्दले भरेका छन् हरेक शब्दमा  डुबेर लेखेका हुन् । यो बर्ष २०७४ सालकै अत्यन्तै दर्शकको प्रतिक्षामा रहेको फिल्म प्रेमगीत २ लाइ थाइल्याण्ड, बर्मा र नेपालका रमणीय र लोभलाग्दा दृश्य स्थानमा खिचिएको हो ।चलचित्र ‘प्रेमगीत २’ आउँदो बर्षको साउन १३ गतेबाट रिलिज हुनेछ ।
_ साभार-रंगिन पर्दा :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com