देशभावना गजल
मलाई देशको चिन्ता छ,आफ्नै सुरतालमा मात्र व्यस्त हुन्छ मान्छे।।
निकै स्वार्थी पो हुन्छ क्यारे आफ्नै चालमा मात्रै व्यस्त हुन्छ मान्छे।।
हात जोडेर मन जीत्न खोज्छ तर बुज्दैन कसैले उसको नजर बैमानी।
बनाउछ पासो बल्झाउन आफ्नै जन्जालमा मात्र व्यस्त हुन्छ मान्छे।।
जब परिवर्तन आउछ जीन्दगीमा तब बिर्सिन्छ सबै वादाहरू।
भर्छ आफ्नो पेटमात्र खाली आफ्नै हालमा मात व्यस्त हुन्छ मान्छे।।
कमाउछ छलकपट गरी भरीयो गोदाम पैसाले धनसम्पत्ति ले उसको ।
सुनको पलङ चादिको कुर्सी भयो अब मालमा मात्रै व्यस्त हुन्छ मान्छे।।
केसब थापा
गुलरीया बर्दिया
हाल भारत