कविता ' बदला '
त्रेता युग होस
कि द्वापर युग
नारिको अस्मितामा परीक्षा लिईन्थे
नारिका पवित्रता जाँचिन्थे
जसरी रामले
श्रीलंका युध्द जितेर
सितालाई जोगाएर ल्याए
अग्नि परीक्षा लिए
यौटा माझिले
आफ्नो स्वास्नी कुट्दै बोलेको कुरा सुनेर
खटाए बनवास
यति ठूलो नाटक किन ?
सबै प्रश्न गर्दैछन
पाँच पान्डवको यौटी पत्नी भई द्रोपती
र जुवाखालमा हारिए एक दिन
यति लिर्लज्जापन किन ?
सबैले सोध्दैछन
क्लियोपेट्रा राज्यको युध्दसंगै हारिएर
अर्काकी अर्धाङ्गिनी बनी
आफ्नो प्रेमी मरेको झुठो खबर सुनेर
आत्मदाह गरी सर्पलाई डसाएर
जो इतिहाँसमा अमर भई
यति समर्पित प्रेम किन ?
यो संसार स्तब्ध छ
यो कलियुग हो
अब पुरुषको परीक्षा लिइनेछ
हरेक पाईला
हरेक मोड
तिम्रो पौरुषत्व जाँचिनेछ
जसरी मोनिकाले
विल्स क्लिन्टनलाई आकासबाट
पातालमा भसाईन
र हाँस्दै रहिन
यति अश्लील हर्कत किन ?
विश्व अवाक बनीरहे
यो शुभारम्भ पनि हैन
बदलै बदलाको यात्राहरुमा
आलो पालो चलिरहन्छ ।
दिलिप राई सागर
उर्लाबारी-4/253, मोरङ
हाल; मलाया