गजल:- दुर्गा काली नारी स्वरूप...


गजल By, हरि गौतम

दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रिमती हुन..!!
माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन..!!

छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई,
उ,नै घरको सुख सान्ती, लक्ष्मी सरस्वती हुन..!!

यो संसार चलाउने, हाम्रा सृष्टी कर्ता..,
शिव कि पनी आधाँ अंन्ग देवी पार्वती हुन..!!

अन्याय र अत्यचारले सिमा नाग्दा खेरी..,
रौद्रं  रूप  देखाउने, दिव्य शक्ती हुन..!!

परीभाषीत गरी मैले, कुन शब्दमा बताउ..,
वर्णन गर्न सकीदैन्, अतभुत पद्धती हुन..!!

नारी पुरूष बरा=बर..मानौ आजै देखी..,
यि,नै हाम्रा जीन्दगी हुन"यि,नै सम्पती हुन..!!

हरी गौतम (अर्घाखाँची)
-खनदह३ हाल-भारत 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com