लघुकथा' फेसबुकको प्रेम '

म आज नारायणघाट जान पर्ने थियो र स्कुटर भित्रबाट निकालें यस्सो हेरेकी भित्र पर्स छुटेछ स्कुटर रोकेर भित्र गएर पर्स लिएर आएँ र स्कुटर स्टार्ट गर्न लागें स्कुटर स्टार्ट भएन पटक पटक कोसिस गरें किक हानें फेरिपनी स्टार्ट भएन म हैरान भएँ होस्  गाडिमा नै जान्छु भन्ने लागेर स्कुटर त्यहिँ छोडेर म गाडी पर्खिन लागें ।त्यहाँ दुइवटी बैनिहरु पनि गाडी पर्खीरहेका थिएँ । 

त्यहाँ एउटि रुदै थिइन् भने अर्किले उ रोएको कारण सोध्दै थिईन् " ओइ सजनी तँ किन रोएकी  के कमसेकम मलाइ त भन यार " उ एकोहोरो रोईरहेकी थिई त्यहाँ सजनिका केही सीप लागेन र केहीबेर रोए पश्चात् उसले भन्न लागीन्  " खै के भनौ यार म बर्बाद भएकीछु कसैलाइ केही भन्न र सुनाउन लायकको म छैन। कसरी भनौं ?आज सम्म तँलाई पनि भनिन आज यो दिन आउला भन्ने थियन मान्छेहरु कसैको बिस्वास गर्नु नै मेरो गल्ती भयो" उ बोलिरहेकी थिइ साथी चाहिँ  सुनेर बसेकी थिई । 

उम भन यार मन हल्का हुन्छ भनेर कुरा बुझ्न खोज्दै थिई साथीले फेरि सजनी बोली "केही समय अगाडी मलाइ फेसबुकमा साथी बन्ने अनुरोध आयो र उस्को प्रोफाइल नहेरी जोडिएको साथी हेरेर उसलाइ सबैले चिनेका रहेछन् र त २० जना साथी एक आपसमा जोडियको छ भनी सरक्क साथी बनाएँ ।दैनिक हाइ हेल्लो गफ चल्थे निकै दिन बितेको थियो उ शीत बोल्न लागेको  मलाइ पनि उ शीत बोल्न आदत बसिसकेको थियो ।एकदिन  उसले म्यासेज बाटै प्रेमको प्रस्ताब राख्यो मैलेपनि नकार्न सकिन ।उसले आफ्नो घर कंचनपुर बताएको थियो ।हामी दैनिक कुरा गरिन्थ्यो ।

इमो, भाइबर, म्यासेन्जर अनि कहिले काहीँ नम्बरमा नै कल हुन्थ्यो ।गफ हुँदै गएको थियो ।एकदिन उसले भेटन मन लागेको छ भेटौं न भन्यो मलाइ पनि आफुले माया गर्ने मान्छे भेट्न खुब  चाहाना थियो र उसले बुटवल भेटौं भन्यो मेरो दिदिको घरपनी बुटवल हुनाले घरमा दिदिको घर जान्छु भनेर बुटवल गएँ त्यस दिन हामी त्यही लजमा बसियो ।उसले पनि म शीत बिबाहा गर्न मेरो घरमा माग्न आउँछु भनेर वचन दिएको थियो म धेरै खुशी थियं ।

आफुले माया गरेको मान्छे संग जीवन बिताउछु भन्नेमा म ढुक्क थियं।त्यसपछी पनि हामी राम्रो संग बोलिन्थ्यो उ पनि खुशी रहे झै गर्‍यो मेरो अगाडि कहिल्यै केही नराम्रो भनेन ।आज अचानक उसका वालमा उ आफै बेहुला बनी जन्तिको गाडी समेतको फोटो पोस्ट गरेको देखेर उस्लाइ कल गरेको मेरो फोन काटीदियो ।म जसलाइ आफू भन्दा धेरै माया गर्थें त्यो त स्वार्थी रहेछ  मलाइ त केबल प्रयोग मात्र गर्‍यो उसको बनावटी माया मैले बुझ्न सकिन ।"

यसो भन्दै बिचरी खुब रुन थाली ।उता बाट गाडी आयो र म  गाडीमा चढें उनीहरु पनि त्यही  गाडी चढे ।मैले सोचें " यसरी नै न दिदीबैनी न दाजुभाइ धेरै पिडित भएकाछन् ।यो बिकृती रोकिनुपर्छ ।हामी सबैजना सचेत प्राणी हौं सचेत रहनुपर्छ ।यो रुवाई त नदेखेको नबुझेको मान्छे संग  प्रेम गर्नुको प्रतिफल हो आखिर सजाय सजनिले भोगीन् भन्ने लाग्यो ।"

अम्बिका कार्की सर्लाही हाल चितवन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com