गजल :-खरको छानो फेर्ने रहर छ


खरको छानो फेर्ने रहर छ यो परदेशीको।।
भिडमा पनि शुन्य लाग्ने शहर छ यो परदेशीको।।

गयो सपना बोकी , सुन्दर महल बनाउने
अन्धकारले ढाकिएको घर छ यो परदेशीको।।

करकलोको पानी जस्तै डगमगाउछ जीवन
समशान घाटमा पसारीने कबर छ यो परदेशीको।।

पशीना बेची पाउ चल्छ , पैसा फल्ने बुटो छैन
कोपीलामै झर्न सक्ने खबर छ यो परदेशीको।।

लक्ष्य उसको छ कमलको फुल चुडी ल्याउने
दलदले हिलोमा फस्ने डगर छ यो परदेशीको।।

चाहना  उसको नया  नौलो संसार बनाउने
मुट्ठीमा साहस उसको ,शरीरमा जहर छ परदेशीको।।

देख्दैछु छानो फेरीएको कि नजरको धोका हो
सुन्छु हल्ला आज भोली लहर छ यो परदेशीको।।

खरको छानो फेर्ने रहर छ यो परदेशीको।।
भीडमा पनी शुन्य लाग्ने शहर छ यो परदेशीको।।

केसब थापा
गुलरीया बर्दिया
हाल भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com