गजल By, केसब थापा
मर्छु भन्दा कालले पनि साथी बनाउछ।
कहिले लत्याउंछ कहिले अत्याउंछ अनि घाती बनाउछ।
स्तम्भ भयो जीवन उदासीनता को रचना जस्तै।
कर्महारा भन्दै फेरी नजाती बनाउछ।
प्रस्न उत्तर को दोहोरी खेले जस्तै यहाँ।
शुभ बिहानी सकाएर फेरी राती बनाउछ।
बुझ्नै गारो यथार्थ यो जीन्दगीको केहो भनेर।
जीवनको परिभाषा शिखर माथी बनाउछ।।।
मर्छु भन्दा कालले पनि साथी बनाउछ।।
केसब थापा
बर्दिया गुलरीया