मनोरोग लाग्नबाट जोगिने उपायहरु...

काठमाण्डौ चैत्र २३,

१ एउटै कुरामा गहिरो सोचाई राख्नुहुँदैन।

२ मनको कुरा अरुलाई भन्ने बानी बसाल्नुपर्छ।

३ सकेसम्म खुशी हुने प्रयास गर्ने, अनावश्यक तनाव नलिने।

४ भविष्यमा आइपर्न सक्ने समस्यालाई लिएर अहिलेदेखि नै धेरै चिन्तित नहुने।

५ कसैसँग आफूलाई तुलना नगर्ने । गर्नैपरे आफू भन्दा दुःखी र कमजोर मानिससँग गर्ने । आफूले हासिल गरेको उपलब्धिमाथि गर्व गर्ने।
६  आफूले हासिल गरेका कुरामा सन्तुष्ट हुने र थप मेहनत गर्न नछाड्ने।

७ अन्धविश्वासका पछि नलाग्ने।

८ डरलाग्दा घटनाका भिडियो नहेर्ने।

९ स्वस्थ खानेकुरा खाने, व्यायाम गर्ने र उचित आराम गर्ने।

१० धेरै गुलियो वा चिल्लो र नुन चर्काे भएका खानेकुरा नखाने ।

११ शरीरको तौल बढ्न नदिने ।

१२ एउटै प्रेस्किप्सनबाट बारम्बार औषधी थप्ने काम नगर्ने ।

१३ जाँड, रक्सी, लागूऔषध जस्ता दुव्र्यसनबाट टाढै रहने ।

१४ मनोरोग भएको छ भने अन्य रोगले पनि आक्रमण गर्ने सम्भावना हुन्छ । त्यसैले सचेत रहने ।

१५ आफूले सेवन गरिरहेको औषधिको साइड इफेक्ट देखिए तुरुन्तै डाक्टरसँग परामर्श गर्ने ।

डा सी.पी सेडाइ, मनोरोग विशेषज्ञ, चितवन मेडिकल कलेज _ स्वस्थ्यखबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com