गजल By, केसब थापा
मैले दिए त बिष पनि अमृत भनि खान्छौ तिमी।।
त्यसैले त सधैभरी आमा महान छौ तिमी।।
मलाई प्रकाशको ज्योती दियौ आफु जलेर
संसार देखायौ अब छाडेर कहा जान्छौ तिमी।।
सधै हसाउछौ मलाई आफु रोएर भयपनि
कति ज्ञानी छौ जे भनेपनि सधै मान्छौ तिमी।।
कति संघर्ष गर्यौ मेरो लागी वर्णन कसरी गरू
हमेसा मेरो लागी खुसीहरू चाहन्छौ तिमी।।
मैले दिए त बिष पनि अमृत भनी खान्छौ तिमी।।
त्यसैले त सधैभरी आमा महान छौ तिमी।।
केसब थापा
गुलरीया बर्दिया
हाल भारत