लघुकथा

अम्बिका कार्की,

आज मिर्मिरेको पहिलो किरण देखि नै आमा संङ कुराकानी गर्न मनलाग्यो ।घडी हेरें २:५० भएको रहेछ।सधैंका आफ्ना नित्य कर्म झैं आज पनि आफ्ना काम गर्न लागें ।

मलाइ हतार हतार काम सकेर आमा संङ गफ गर्ने समय निकाल्नु थियो ।पधेंरीमा पुगेर पानी ल्याएँ अनि गाईभैंसीलाई कुडों पकाउन बसालेर आमालाइ फोन लगाउन लागेँ ।नम्बर डायल गरें ।टुर.....टुर...टुर ...आवाज गईरहेको थियो ।फोन उठ्यो । फोन आमाले नै उठाउनु भएको रहेछ ।

आमा :हेल्लो ! को बोल्नु भएको ? 
म नम्बर हेर्न नाम हेर्न जान्दिन ।
म : आमा! म हो के

दर्शन गरें ।सन्चै हुनुन्छ ? त्यहाँ सबैलाइ कस्तो छ ?
आमा: भाग्यमानी हुनु छोरी ।यहाँ सबैलाइ ठिकै छ त्यहाँ ज्वाइँ बाबू ,तिमी ,नाति, नातिनीलाई कस्तो छ ? के छ तिम्रो खबर?आज पनि तिम्रो फोन नआएको भए गाउँतिर गएर कसैलाइ नम्मर लाइदेउ भन्ने थियँ म पनि निकै आत्तियको थियँ छोरी आउन बा घरमा मिलाएर निकै आत्तियकी छु ।(आमाले भक्कानिदै रुन्चे स्वरमा भन्दै हुनुन्थ्यो ।)
म: हामी सञ्चै छौं आमा ! सबै ठिकै छ ।

आमा! जहिले देखि हजुरहरुले आगँन पोलेर तिल , जौ ,कुश समाएर मलाइ हजुरको ज्वाइँको जिम्मा लगाउनु भो अनि अन्माएर डोलिमा राख्दै गर्दा म रोईरहँदा मेरो छेउ आएर हजुरले भन्नुभाथ्यो । नरोउ छोरी अब तिम्रो घर त्यही हुनेछ जुन घरमा केहिबेरमा भित्रीदैछौ ।त्यसै घरलाइ सम्हाल्नु,प्वाल पर्न नदिनु ,आफ्ना हात सधै माथी परोस् लालचमा हात नथाप्नु कतै ,जोरिपारी इष्टमित्र नहँसाउनु,आफन्तको महत्व बुझ्नु,घरकी असल बुहारी भएको सुन्न पाउँ ,घरका कुरा माइतिमा नल्याउनु ,माइतिको धाक नदिनु आदि त्यही हजुरको उपदेशलाई शिरोधार्य गरेर जिम्मेवारी बहन गर्छु भन्दा एक मिनट फुर्सद पाउँदिन। आमा ! आउन अनि सबैलाइ भेट्न मलाइ पनि धेरै मन छ हजुरले सादेको गुन्द्रुकको अचार अनि पकाएको लोकल भालेको सुप खान खुब मन लागेको छ ।केटाकेटिको स्कुलको अन्तिम परीक्षा यहि चैतमा सकिदैछ ।जाँच सकेर मामाघर जाने हो हामी त भन्दैछन् ।लियर आउँछु आमा !

आमा:( रुदै )नानी हुन्छ लियर आउ मलाइ पनि निर्घात देख्न मन लाएको छ ।
म : ल आमा फोन राख्छु ।सबैलाइ सम्झेकी छ अरे भनेर सुनाइ दिनु । बाइ बाइ
आमा रुदै हुनुन्थ्यो फोन काटीदिएँ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com