सुरक्षित प्रसूति सेवाको अभावमा एक महिलाको मृत्यु

पाँचथर चैत्र २७,

सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन् ।

घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो ।

त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा शुक्रबार राति बाटोमै मृत्यु भएको स्थानीयवासी दीपक दुलालले जानकारी दिए। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com