क्यान्सर पीडित सोनालाई समथिङ फाउन्डेसनद्वारा सहयोग

पाँचथर बैशाख १,

ब्लड क्यान्सरले विगत छ महिनादेखि थलिएकी पाँचथर याङ्बरक गाउँपालिका–३ साविक ओयाम गाविसकी सोना योङ्यालाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

भरतपुर क्यान्सर अस्पतालमा उपचाररत आर्थिक अवस्था कमजोर रहेकी स्थानीय देउप्रसाद योङ्याकी १६ वर्षीया छोरी सोनाको उपचारका निम्ति समथिङ फाउन्डेसनले रु छ लाख ८८ हजार ११० को चेक फिदिममा एक कार्यक्रम गरी हस्तान्तरण गरको हो ।

फाउन्डेसनका अध्यक्ष मङ्गल बेघाले सोनाका बुबा देउप्रसादलाई उक्त चेक रकम हस्तान्तरण गर्नुभएको हो । बेलायतमा रहेका नेपालीबाट रु छ लाख ५६ हजार, हङ्कङबाट रु २० हजार १६० र दक्षिण कोरियाबाट रु ११ हजार ५०० रकम सङ्कलन भएको थियो ।

फिदिमस्थित कञ्चनजङ्घा एकेडेमीमा कक्षा ११ मा अध्ययनरत सोनाका परिवारले उपचारमा अहिलेसम्म रु पाँच लाख खर्च गरिसकेको बताइएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com