गजल - भने जस्तो लोकतन्त्र आएन


गजल By, अम्बिका कार्की"अमु "

खै कहाँ आयो लोकतन्त्र मलाई भने आएन।
मजदुरहरुको खाली पेटले पनि केही पाएन ।

भुकम्पले भत्केको घर हुरि आर्इ छानो लग्यो
कयौं वर्षा त्यसै बिते त्यो घरले छानो लाएन ।

धुर्मुस र सुन्तलिले तरार्इ पहाड जोडे हिमाल
कहाँ आथ्यो लोकतन्त्र किन कुनै गित गाएन?

युवा जति दाजु भाई बरु परदेश गएकाछन्
भन्ने गर्छन् गुलाममा यो मुटुले हरेस खाएन ।

हजारौंको पुछियको सिन्दुर र  रित्तो काखले
भित्र्याएको लोकतन्त्र जनताको घरमा धाएन ।

आयो होला लोकतन्त्र सिँहदरबार भवनमा
जनताको बाझों खेतमा जोत्ने गोरु दाएन ।।

अम्बिका कार्की" अमु "
सर्लाही हाल भरतपुर, चितवन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com