प्रलोभनमा पारी गर्भपतन गराए ५ बर्ष कैद

काठमाडौं बैशाख १२,

सन्दिप वि.क : गर्भवती महिलालाई कसैले करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराए पाँच वर्ष सम्मको कैद सजाय हुने भएको छ । यसका साथैँ पचास हजार रुपैँया सम्मको जरिबाना समेत गरिने भएको छ ।

मुलुकी ऐनको हालै संशोधन गरेको नयाँ व्यवस्थाले यस्तो प्रावधान राखेको हो । नयाँ व्यवस्थाले गर्भ संरक्षण विरुद्धको कसुर ३ को उपदफा १ वा २ बमोजिम सजाए को व्यवस्था गरेको हो । जसअन्र्तगत बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैँयासम्म जरिबाना, बाह्र हप्ता भन्दा बढी भए, पच्चीस हप्ता भन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैँया सम्मको जरिबाना हुने व्यवस्था गरेको छ । यस्तै पच्चीस हप्ता भन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैँयासम्म जरिबाना हुनेछ ।

मुलुकी ऐनको नयाँ व्यवस्थाले गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भपतन गराएमा गर्भपतन गरेको नमानिने व्यवस्था गरेको छ । गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भन्ने निर्धारित योग्यता पुगी सम्बन्धित विषयमा इलाज गर्न इलाजत प्राप्त कम्तीमा दुईवटा चिकित्सकको रायभई त्यस्ती महिलाको मन्जुरीले गर्भपतन गराएमा गर्भपतन गर्न सकिने व्यवस्था गरिएको छ ।

जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भवती महिलाको मन्जुरीले गर्भपतन गराएमा र रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु एच.आई.भी वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाको मन्जुरीले गर्भपतन गराएकोमा गर्भपतन गरेको मानिन्दैन ।

व्यवस्थापिका संसद्अन्तर्गतको विद्यायन समितिको प्रतिवदेनहरु परिमार्जन सहित पारित भै व्यवस्थापिका संसदमा छलफलको क्रममा छ । संसदबाट पारित भएपछि ती कानुनहरु २०७५ साल भदौ १ गतेबाट लागू हुनेछ । मुलुकी ऐन वि.स.१९१० भन्दौ १ गते तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले लिखित कानुनका रुपमा मुलुकी ऐन जारी गरेका थिए । सोही सोही दिनको सम्झनामा विस्ताथपित कानुनु लागू गर्न लागिएको हो ।महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com