गजल:- आज उस्कै बारे...


गजल By, हरी गौतम

आज उस्कै बारे ,कहानी लेख.!!
गरेको घातको ,निशानी लेख..!!

उस्को चरीत्र को पर्दाफास गराएर..
भाको थ्यो जे-जे,बदनामी लेख..!!

हृदयको जलन ,कम गर्न केही,
गरेको गल्ती, नादानी लेख..!!

भयका छौ बदनाम,उनैको कारण,
को हो तिम्रो त्यो, दिवानी लेख..?!!

निस्संदेह उस्ले घात,गरेको भय...
ईतीहासमा उस्को, सैतानी लेख..!!

साट-फेर गर्यो, जस्ले त्यो मूटु...
कतीमा बीक्यो उ,?लगानी लेख..!!

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com