नाइजेरियामा नेपालको पर्यटन र संस्कृती सम्बन्धि बृत चित्र प्रदर्शन

लेगोस , नाइजेरिया बैशाख १७,

"अफ्रो एसियन कम्युनिटी निसिएटिभ फर डेभलोपमेन्ट " द्वारा लेगोस ,नाइजेरियामा आयोजित कार्यक्रममा नेपालको सस्कृती र पर्यटन माथी आज एनआरएनए नाइजेरियाद्वारा एक बिशेष प्रस्तुति गरियो । एनआरएनएको अथिती देबो भव अन्तर्राष्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब २० मिनेटको श्रब्य दृश्य प्रस्तुति  अफ्रीकन ,भारतिय र अन्य एसियन दर्शक माझ प्रस्तुत गरिएको थियो ।
एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्टले नेपाल एसियन सस्कृतीकै केन्द्र बिन्दु भएको ,भगवान बुद्धको जन्मस्थान र सर्बोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिम शृङ्खला भएको सुन्दर देश रहेकोले अफ्रिकन र यहाँ स्थित आप्रवासी समुदायलाई एक पटक नेपाल घुम्न आमन्त्रण गर्नु भयो ।
 
कार्यक्रममा एनआरएनएका अन्तर्राष्ट्रिय  समितिका कोषाध्यक्ष  हिक्मत थापा ,आइसिसी सदस्य चिरन्जिबी रोका , एनसीसी नाइजेरियाका प्रबक्ता रोहित भाङ्गर  
लगाएत सदस्यहरुको सहाभागिता रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com