गजल By, केसब थापा
हरीयालीमै पतझर बनि झरेर जादै छु म ।।
आंशुले आत्मकथा लेखी मरेर जादै छु म।।
मुखमा रामराम बगलीमा छुरा गर्छन जाली
आज आत्मघाती को फेला परेर जादै छु म।।
हेर्दैछु कमलको फुल मगमगाएको छ कसरी
हिलोमा बीउ यसको छरेर जादै छु म।।
चोट दियो घात दियो स्वार्थी यो संसारले
नरोक अब कालको खोला तरेर जादै छु म ।।
पहिला हसायौ फेरी रूवायौ मतलबी तिमीले
अब तिमीबाट टाढा टाढा सरेर जादै छु म ।।
इतिहास बन्नेछ जीन्दगी यादहरू अमर होलान
तीता मीठा पलहरु झोलीमा भरेर जादै छु म।।
केसब थापा
गुलरिया बर्दिया
हाल भारत