गजल By, केसब थापा
शरीर बेचेर इज्जत कमाउनेहरूको भाउ बढेको छ आज।।
आफ्नो औकात भुलेर रमाउनेहरूको भाउ बढेको छ आज।।
भुल्यो बिगतका दिनहरू कुन अवस्थामा छटपटाईरहेको थियो
भगवान भनी पत्थर समाउनेहरूको भाउ बढेको छ आज।।
हेर्छ आकाशका ताराहरू अनि हराउछ आफ्नै दुनायामा
अधेरी रातमा जुनकिरी समाउनेहरूको भाउ बढेको छ आज।।
बनावटि चित्र देखाएर चरितार्थ बेच्यो सधै उसले
मदिरा पीएर आगनमा धमधमाउनेहरूको भाउ बढेको छ आज।।
केसब थापा
गुलरीया बर्दिया
हाल-भारत