गजल By, केसब थापा
घरपरिवार त्याग्नुपर्ने अवस्था भयो परदेशीको।।
हरीयालीमा मुर्झाउने व्यवस्था भयो परदेशीको।।
बिर्सीयो अतितका पलहरू रमझममा हरायो।।
कोमल मुटु चट्टान र ढुङ्गा जस्ता भयो परदेशीको।।
भन्न सकिदैन समयले खेल कस्तो खेल्छ।।
अनमोल भयो पैसा तर शरीर सस्ता भयो परदेशीको।।
पैसा टिप्न गाको छ मर्ला रूखबाट खसेर फेरी।।
सोध्छन बर्ष बितेपछी जीवन कस्ता भयो परदेशीको।।
घरपरीवार छोड्नुपर्ने अवस्था भयो परदेशीको।।
केसब थापा
बर्दिया गुलरीया