ईभान्का राष्ट्रपति ट्रम्पका कार्यालय सहयोगी

एजेन्सी चैत्र २०,

ह्वाईट हाउसका अनुसार ईभान्का ट्रम्प आफ्ना बुवा अर्थात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालय सहयोगी बन्ने भएकी छन् । 

कार्यलयको नियम अनुसार उनको नियुक्त हुने र उनी बेतलबी कर्मचारी रहेर कार्यालय सहयोगी पदमा काम गर्ने छिन् । ईभान्का अमेरिकाकी पहिलो छोरी ‘फस्ट डटर’ हुन जसले अफिसियल रुपमा ह्वाईट हाउसमा काम गर्ने छिन् । फस्ट डटरले यस्तो अभूत्पुर्व कदम उठाएकोमा ह्वाईट हाउसले खुसी व्यक्त गरेको थियो । 

ईभान्काका भनाई अनुसार उनी असल निष्ठाका साथ ह्वाईट हाउसमा काम गर्ने छिन् । ईभान्काले सन् २००४ मा अर्थशास्त्रबाट स्नातक पुरा गरेकी थिइन्। मोडिलिङबाट आफ्नो कार्यजीवन शुरु गरेकी ईभान्काले कलेजको पढाई पश्चात आफ्नो बुवाको व्यावसायमा काम शुरु गरेकी थिइन्।

अहिले उनी ट्रम्प संस्थाको उपाध्यक्ष र आफ्नै फेशन संग्रह, ईभान्का ट्रम्प संग्रहको संस्थापक भएर काम गरीरहेकी छन्। उनको विवाह २००९ मा भएको थियो र उनी ३ सन्तानकी आमा हुन् । ईभान्काका श्रीमान, जेयर्ड कुस्नर राष्ट्रपती ट्रम्पका बरिष्ठ सल्लाहकार रहेर काम गरिरहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com