खरको छानो फेर्ने रहर छ यो परदेशीको।।
भिडमा पनि शुन्य लाग्ने शहर छ यो परदेशीको।।
गयो सपना बोकी , सुन्दर महल बनाउने
अन्धकारले ढाकिएको घर छ यो परदेशीको।।
करकलोको पानी जस्तै डगमगाउछ जीवन
समशान घाटमा पसारीने कबर छ यो परदेशीको।।
पशीना बेची पाउ चल्छ , पैसा फल्ने बुटो छैन
कोपीलामै झर्न सक्ने खबर छ यो परदेशीको।।
लक्ष्य उसको छ कमलको फुल चुडी ल्याउने
दलदले हिलोमा फस्ने डगर छ यो परदेशीको।।
चाहना उसको नया नौलो संसार बनाउने
मुट्ठीमा साहस उसको ,शरीरमा जहर छ परदेशीको।।
देख्दैछु छानो फेरीएको कि नजरको धोका हो
सुन्छु हल्ला आज भोली लहर छ यो परदेशीको।।
खरको छानो फेर्ने रहर छ यो परदेशीको।।
भीडमा पनी शुन्य लाग्ने शहर छ शहर छ यो परदेशीको।।
केसब थापा
गुलरिया बर्दिया
हाल भारत