गजल By, केसब थापा
मलाई संसार देखाएर गईन मेरी प्यारी आमा।।
म बिना सधै एक्लो भईन मेरी प्यारी आमा।।
नौ महिना म तिम्रो पेटमा हुदाखेरी सधै उनी
जीवन र मृत्युको दोसाधमा रईन मेरी प्यारी आमा।।
भन्थिन हात सुमसुम्याउदै मेरो मुटुको टुकडा
मेरो लागी सधै दुख कष्ट सईन मेरी प्यारी आमा॥
आफु जलेर प्रकाश दियौ मलाई,तिमी महान छौ
तिम्रो छाती मोमबत्ती भन्दानी मईन मेरी प्यारी आमा।।
मलाई संसार देखाएर गईन मेरी प्यारी आमा।।
म बिना सधै एक्लो भईन मेरु प्यारी आमा।।
केसब थापा
बर्दिया गुलरिया
हाल भारत