गजल By, पोष कुमार राई
जानिएन गर्न कुनै नक्कल यसपालि पनि
हुन सकिएन त्यसैले अब्बल यसपालि पनि
भन्छिन् घरकी पत्नी हजुरको मासिक तलबले
पुग्दै-पुगेन किन्न दाल-चामल यसपालि पनि
धेरै हिँडियो आदर्शका कुराहरु गर्दै खाडी तीर
सकिएन फेर्न आमाको चप्पल यसपालि पनि
रहेछ पुरानै शैली छैन खै कुनै परिवर्तन देशमा
देखियो उत्रदा बिमान स्थल यसपालि पनि
छैन पुस्तक छपाउँने पैसा मेरो न त बजाउँने
छापिएन कतै गुन्जिएन गजल यसपालि पनि