गजल By, सरु पन्त
आए समिप तिम्रो दिलमा लुकाएर राखिदेउ
दुनियाको नजरहरु झुकाएर राखिदेउ
देखावटी होइन माया हृदयलाई सोधी हेर
केहि धड्कन मेरो लागि जुटाएर राखिदेउ
समय संगै छैन मेरो मन बदलिएको
जन्मौ जन्म आफ्नै मनले चाहेर राखिदेउ
धन दौलत जति छन् छोडिदेउ कालोपन
बरदान यो बन्धनलाई चाहेर राखिदेउ
आए समिप तिम्रो दिलमा लुकाएर राखिदेउ
दुनियाको नजरहरु झुकाएर राखिदेउ
सरु पन्त