गजल By, सरु पन्त
आज मेरो हजुरलाई गीत लेखेकी छु
पल्लो देश सिमानामा भिड देखेकी छु
जाँदा जाँदै छुटिएछ कुसुमे त्यो रुमाल
उही देश जाने उनकै मिt भेटेकी छु
आज मेरो हजुरलाई गीत लेखेकी छु
पल्लो देश सिमानामा भिड देखेकी छु
छापिएको उनकै पाउको धुल मेटेकी छु
सफल यात्रा सारंगीको धुन रेटेकी छु
अर्को चोटी दिउँला अब नयाँ बसन्तमा
रुमाल संगै चुनौतीका हुल देखेकी छु
आज मेरो हजुरलाई गीत लेखेकी छु
पल्लो देश सिमानामा भिड देखेकी छु
हिउदको झरी माझ सित टेकेकी छु
उनको यात्री बनि उनकै धित मे]6]की छु
लर्बराउँदा कदम कतै सम्झनेछु सधै
त्यसैले त उनकै ठाउको रित खोजेकी छु
आज मेरो हजुरलाई गीत लेखेकी छु
पल्लो देश सिमानामा भिड देखेकी छु
सरु पन्त