गज़ल By, कोमल भट्ट
देशबाट भजन किर्तन पुरान हराइसके
रित्ता भए मठ मन्दिर भगवान हराइसके
जालझेल उर्लिएर अकास छुन थाल्यो
नियत सफा छैन कतै इमान हराइसके
मर्न लागे देशवासी पीडा खप्दाखप्दै
अशान्ति छ मुहारमा मुस्कान हराइसके
दण्डहीनता बढेकाले बढ्यो हत्या हिंसा
दु:ख पाए नेपालीले निदान हराइसके
स्वार्थ मात्रै हाबी भयो सधैं नेतृत्वमा
नि:स्वार्थी र देशप्रेमी महान हराइसके
के गरेर जोगिएला शान मान हाम्रो ?
महापुरुष ओझेल परे बखान हराइसके
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क