यी मोडल जसका आँखा फरक रङ्गका छन्

एजेन्सी चैत्र १७,

अहिले सामाजिक सञ्जालमा एक अमेरिकन माडलको तस्बीर भाइरल भएको छ । इन्स्टाग्राममा उनका लाखौं फ्लोअर छन् । ती अमेरिकन मोडल हुन सारा मेकडेनिल ।
हरेक मानिसका आँखाको रंग फरक फरक हुने हुन्छ । कसैको कालो त कसैको खरो खालका आँखा हुन्छन् । तर, एउटै व्यक्तिको आँखाको रंग फरक फरक भने देखिँदैन । यी सारा मेकडेनिल नामकी अमेरिक मोडलका आँखाको रंग भने फरक फरक छन् ।

उनको एक आँंखा हाल्का निलो र अर्को आँखा हल्का पहेलो रंगको छ । उनका आँखा अब उनको पहिचान भइसकेका छन् । मानिस उनकै आँखाकै कारणले चिन्ने गर्छन् । उनी संसारकै पहिलो युवती मोडल हुन् जसका दुई आँखाको रंग फरक फरक छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com