बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ वन्त बिजयी

विजय थापा,वाशिंगटन डीसी चैत्र १४,

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छिन् l 

उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार/गायक श्रीजन ताम्राकारलाई हराएर बानाको इतिहासमा दोश्रो पटक महिला अध्यक्ष पदमा उनको जित भएको छ l नया कार्यकारी समितिको कार्यकाल २०१७ -२०१९ सम्म रहने छ l  

उनले ३१२ मत प्राप्त गरि अध्यक्ष पदमा जितेकी छिन् भने अध्यक्ष पदका प्रत्याशीहरु सतिस चापागाईले २३४ तथा श्रीजन ताम्राकारले ७९ मत प्राप्त गरेका थिए l  

यसै गरि वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्तले ४४८ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दु रेग्मीले १६६ मत प्राप्त गरे l र १६ मत बदर भएको छ l यसै गरि अन्य पदमा निर्बिरोध रुपमा पहिला नै अन्य उम्मेद्वारहरु बिजयी भै सकेका छन् l

नव निर्वाचित अध्यक्ष अनसुया श्रेष्ठ वन्त कुशल गृहणी, ब्यवसायी तथा समाजसेवीको रुपमा बिगत २५ बर्ष देखी अमेरिकामा बसोबास गर्दै आएकी हुन् l 

उनले २००९ देखी २०१७ सम्म कार्यसमितिको बिभिन्न भूमिकामा बिगत ३ कार्यकाल सम्म काम गरेकी  छिन् l उनले महिला तथा बिभिन्न बिधाका व्यक्तित्वहरुलाई बानाका परोपकारी कार्यक्रममा सहभागि गराउने ,आवश्यकता अनुसार भाषा कक्षालाई सन्चालन तथा निरन्तरता दिने ,बानाको कार्यक्रम र कार्य योजना क्यालेन्डर निर्माण गर्ने ,नेपाली पहिचान, कला संस्कृती र खेलकुदको प्रबर्धनका लागि थप कार्यक्रम ल्याउने ,लेखा पारदर्शिता र आकस्मिक कोष को सृजनाका लागि ठोस पहल गर्ने तथा नेपाली सुचना र सहयोग केन्द्र स्थापना गर्ने जस्ता मुद्धाहरु अगाडी सारेकी थिइन् l 

उनले ब्यक्तिगत स्वार्थ भन्दा माथी उठी र कुनै राजनैतिक वा समुह बिशेष आस्था राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै आफु समाजसेवा र बानाको संस्थागत बिकासका लागि आफ्नो सम्पूर्ण समय योगदान गर्ने संकल्प गर्दै अध्यक्ष पदमा बिजयी गराउन आग्रह गरेकी थिइन् l 

५ सदस्यीय निर्वाचन समितिमा संयोजकमा धरम बिश्वकर्मा रहेका थिए भने सदस्यहरुमा पदम पुन,किरण पन्थ ,मंगल महर्जन तथा राम कृष्ण भट्टराई रहेका थिए l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com