एजेन्सी चैत ६,
भारतको संसदले यही मार्च महिनामा सुत्केरी बिदा सम्बन्धी ऐतिहासिक विधेयक पास गरेको छ । उक्त विधेयक पास भएपछि भारतका व्यवस्थित संघ संस्थाहरूमा काम गर्ने महिलाले अब २६ हप्ता सुत्केरी बिदा पाउने भएका छन् ।
यसबाट कम्तीमा १ करोड ८० लाख भारतीय महिलाले सुविधा पाँउनेछन् । १२ हप्ता दिँदै गरेको सुत्केरी बिदालाई बढाएर २६ हप्ता बनाइएको हो । १० वा १० भन्दा बढी कर्मचारी भएका संस्थामा यो नयाँ कानुन कार्यन्वयन हुनेछ र यो सुविधा २ सन्तानका लागि मात्र दिइएने छ । तेस्रो सन्तानका लागि भने १२ हप्ता सुत्केरी बिदा दिने व्यवस्था उक्त कानुनमा व्यवस्था गरेको छ ।
२६ हप्ता सुत्केरी बिदा दिने व्यवस्था गरेपछि भारत संसारको राम्रो सुत्केरी बिदा दिने देशहरूको सुचीमा तेस्रो स्थानमा परेको छ । अहिले क्यानडा प्रथम स्थान र नर्वे दोस्रो स्थानमा रहदै आएका छन् जहाँ क्रमशः ५० हप्ता र ४४ हप्ता सुत्केरी बिदा रहेको छ ।