महिलाले मात्रै बध्याकरण गर्नुपर्ने बाध्यता

सिरहा चहित १५,

यमुना खनाल : महिलालाई आर्थिक, सामाजिक र राजनीतिक अधिकारमा त विभेद छ नै । आफ्नै शरीर माथिको निर्णय गर्ने अधिकारमा समेत आफ्नो निर्णय नहुनु विडम्बना हो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको तथ्याकले त्यही देखाएको छ ।

कार्यालयले सञ्चालन गरेको दुई महिने निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा ९ सय ४८ जना महिलाले स्थायी बन्ध्याकरण गराए । तर एक जना पनि पुरुषले बन्ध्याकरण नगरेको स्वास्थ्य कार्यलय सिरहाका परिवार नियोजन शाखा प्रमुख राकेश झाले बताउनुभयो । पुरुषले महिलाको पिडा नबुझ्दा यस्तो अवस्था आएको झा बताउनुहुन्छ ।

पुरुषहरुमा अझैपनि पुरुषत्व कायमै राख्न चाहाने हुँदा तराईमा परिवार नियोजन महिलाले मात्र गर्न बाध्य भएको सिरहाकी स्थानीय एक महिला बताउछिन् । उनी भन्छिन् ‘महिलाका हजारौँ जिम्मेवारी हुन्छन्, बच्चा जन्माउने, हुर्काउने र बढाउने जिम्मेवारी त छदैछ, परिवार नियोजन पनि हामी आफैले गर्नुपर्दा पिडामाथि पिडा थपिएको छ ।’

‘महिलाले बच्चा जन्माउछिन् भने बन्ध्याकरण पुरुषले गर्नुपर्ने हो ।’ सरहाकै अर्की महिला भन्छिन् । महिलालाई कामको बोझ बढी हुने भएकाले पुरुषले बन्ध्याकरण गर्दा राम्रो हुने जिल्ला स्वास्थ्य कार्यालय सिरहाकी पूर्व कर्मचारी रेनु राई बताछिन् । सानैमा विवाह हुने, बच्चा जन्माउने र श्रीमान्ले चाहेको जति यौन सन्तुष्टि प्रदान गर्नु पर्ने जस्ता बाध्यताले महिला समस्या खेप्न बाध्य भए पनि यसलाई महिलाको मात्र समस्याको रूपमा लिने गरेकोले महिला पीडित भएको राई बताईन् ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com