ओखलढुंगा फागुन १८,
धनु राई : ओखलढुंगाका सामुदायिक अस्पतालले गर्भवती महिलालाई निःशुल्क सेवा दिदै आएको छ । अस्पतालले पोषण केन्द्रमार्फत उपचारमा समस्या भएका गर्भवती र पोषणको आवश्यकता परेका बालबालिकालाई समेत निशुल्क सेवा प्रदान गर्दै आएको छ ।
उक्त केन्द्रबाट गर्भवतीले स्वस्थ रुपमा वच्चा नजन्माउजेल खाना तथा बस्नको निःशुल्क सेवा दिनुका साथै पोषण, परिवार नियोजन, खोप, स्तनपान लगायतमा स्वास्थ्य शिक्षा समेत दिदै आएको केन्द्रका इन्चार्ज निर्मला श्रेष्ठले बताउनुभयो । ग्रामिण भेगका गर्भवती महिला बच्चा जन्माउन स्वास्थ्य संस्था नपुगि विच बाटोमै अकालमै ज्यान गुमाउन नपरोस भनि बच्चा जन्माउन पुर्व स्वास्थ्य अवस्था कमजोर पाईएमा त्यस्तालाई सेवा पुराउने उद्देश्यले १२ वर्ष अघि केन्द्र स्थापना गरिएको हो ।
ओखलढुंगामा सञ्चालित सामुदायिक अस्पतालमा सोलुखुम्बु, उदयपुर, खोटाङ, सिन्धुली लगायतका छिमेकी जिल्लाबाट पनि उपचारका लागि आउने गरेका छन् । पोषण केन्द्रवाट हरेक वर्ष ३ सय भन्दा वढिले सेवा लिने गरेको केन्द्रले जनाको छ । पछिल्लो ७ महिनामा २ सय ७३ जनाले सेवा लिईसकेको इन्चार्ज श्रेष्ठले बताउनुभयो ।
_महिला खबर;