इजरायलले फेरी ६० जना नेपाली केयर गिभर ल्याउँदै . .

काठमाडौं, १८ फागुन ,

इजरायलले फेरी ६० जना नेपाली केयर गिभर लैजाने भएको छ । चार वर्ष तीन महिनाको श्रम सम्झौता गरेर ४८ जना महिला र १२ जना पुरुष कामदारले केयर गिभरका रुपमा इजरायल जान पाउने छन् ।

नेपाल र इजरायल सरकारबिच भएको दुई पक्षीय सम्झौता अनुसार नयाँ कामदार लैजान लागिएको हो । २०७२ साउन २२ गते नेपाली कामदारलाई केयर गिभरका रुपमा लैजान नेपाल र इजरायलबिच दुई पक्षीय सम्झौता भएको थियो ।

सम्झौता भए पछि गएको साउनमा ५९ जना नेपाली कामदार केयर गिभरका रुपमा इजरायल पुगिसकेका छन् । इजरायल जान योग्यता पुगेकाले आउँदो चैत ९ गतेभीत्र वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर काठमाडौंमा आफैं उपस्थित भएर निवेदन दिन सक्ने विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो ।

आवेदन फारम विभागको वेवसाइट www.dofe.gov.np बाट डाउनलोड गर्न सकिन्छ । छनौट प्रक्रियामा लाग्ने स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोष, हवाइ टिकट लगायतका खर्च कामदारले व्यहोर्नु पर्नेछ ।

बाँकी खर्च सम्बन्धित निकायले तिर्ने भएकाले नेपालका म्यानपावर कम्पनी वा एजेन्टसँग कारोबार नगर्न विभागले आग्रह गरेको छ ।_ स्रोत-न्युज अभियान:

"केयर गिभरमा इजरायल जानको लागि निवेदन पेश गर्ने सूचना"

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com