प्रदिप मलाइ नभए नि छोरीलाई लिन चाँडै आउ है...

सत्य घट्ना। निलम राई।

सायद तिमिले त बिर्सियौ होला त्यो मेरो शरीरको एक थोपा रगत हो भनेर। बिगतलाई एकचोटी फर्केर हेर। अनि ईश्वरलाई साक्षी राखेर भन कि- “कतै मैले गलत त गरेको छैन!” भनेर। जोसको बेला होस हुदैन भन्छ्न। हो पनि! तर गल्तिलाई एकदिन आवस्य स्वीकार गर्नै पर्छ।

तिमिले त मलाई जेम्स नामले परिचय दियौ। तर प्रदिप लिम्बू रहेछ असलि नाम। कन्य हो भन्यौ तर बिबाहित रहेछौ। झापा सुब्बा चोक घर बतायौ तर गाउँ त पाचथर रहेछ। जुनदिन देखि मलाई तिमिले झुटो मायाँमा सपनाको महल सजाउँन सिकायौ। म पल-पल तिमिलाई नै सम्झी रहें। अनि तिम्रै मायाँमा दिन रात जली रहे जली रहें।

 जुन दिन तिमिले म सानो १५ बर्षा को केटि देखेर त्यो इलामको एउटा होटलमा बोलाइ जे गर्यौ त्यो मेरो इच्छा बिपरित थियो। तिमिले मलाई डर धम्की अनि- ‘मेरो भेना त ज्यानमारा हो।’ भनेको याद छ! सायद यो कुरो तिमी र म अनि ईश्वर बाहेक कसैलाई थाह छैन। यति कुरो जान्दा जान्दै नि तिमिले मलाई एकदिन पनि कस्तो छौ भनेर मेरो बारे बुझ्नु चाहेनौ। मेरो पेटमा तिम्रो नासो बसि सकेको रहेछ मलाई त पछि मात्रै थाह भयो! त्यस पछि मलाई गाउँ-समाजले गाउँ निकाला गर्ने भयो। अनि तिमिलाई फोन गरें। तिमिले फेरि इलाम बजार बोलायौ। म गाउँकै तीन जना साथिहरु लिएर आएँ तर तिमिले मेरो गर्भवती जिऊ देखे पछि टाप कस्यौ। आखिर किन यस्तो गर्यौ? मैले कस्तो सपना बोकेर घर बाट निस्केको थिएँ! त्यो मलाई सिवाय कसैलाई थाहा नहोला! तर ति सब चकनाचुर त त्यो वेला भयो जुन बेला तिमिले पछी नफर्कि भाग्यौ! 

मेरो यो जुनिको सपना चकनाचुर बनाइ दियौ तिमिले! धिक्कार छ तिमिलाई! सँगै मर्ने संगै जिउँने खै तिम्रो बाचा कसम कहाँ गयो? तर प्रदिप, भागेर कहाँ जान्छौ! मेरो जीवन रहुनजेल तिमिलाई खोजी रहनेछु। आखिर मलाई त मेरो जन्म दिने आमा बाबा बहिनिहरु र समाज बाट बहिष्कार गरेर घर-गाउँ निकाला गर्यौ भने यो भन्दा ठूलो पाप तिमिलाई के हुन्छ र? मैले तिमिलाई कहाँ कहाँ खोजिन र! प्रशासन कति कति धाए! देखेर चिनेको महिला दिदी बहिनिहरुलाई दु:ख पोखाएँ! तर अन्न्यायमा परेकोलाई कहाँ छ र न्याय? खै मैले त पाउँन सकिन। न्यायलय भनेको त मैले त उल्टै अन्न्याय पो सहनु पर्यो।

फिदिमको तिम्रो दिदी भेनाको घरमा गएर सबै कुरो यथार्थ कुरो सुनाएँ! तर भाइ भागेर कोईला खानी गाको छ, पछि सुत्केरी खर्च दिन्छ भने पछी दिदी-भेना पनि सम्पर्क बिहिन भयो। त्यस बेला त म इलाममा मेरो बडिबा-बडिमाको संरक्षणमा रहँदै आएको थिएँ। त्यस अघि नै २०७२ फाल्गुन महिनामा आफन्तहरुले बाबू बिनाको बच्चा जन्माउँन हुँदैन भनेर गाउँ निकाला गरिसकेको थियो मलाई! अनि केही महिना पछि इलाम अस्पतालमा नानी जन्मियो। त्यस पछि एक महिनाको नानी लिएर गाउँ गएँ। केही दिन नहुँदै घर छोड्नु बध्य बनायो मलाई। फेरि इलाम बडाको घरमा आएँ। अनि बडिमाले काठमाडौमा एउटा संस्था चिन्नु भएको रहेछ। त्यहीं कुरो मिलाएर पुराउँनु भयो। म त खुशी छु खानु लाउँनु दिनु भएको छ। केही सीप सिकाउँनु भएको छ। तर कति दिन यहाँ रहने नानिले दिन दिनै बाबा खोज्ने बेला भै सक्यो मैले के उत्तर दिने दु:ख लागेर आउँछ। तिमी जहाँ भए पनि मलाई होइन तिम्रो एक थोपा रगत यहाँ छुटेको छ प्रदिप हिम्मत गरेर चाँडै लिन आऊ है। भनेर अमेरिका नेपालमा छापेकी छिन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com