सिन्धुलीमा ९ वर्षीया बालिका बलात्कृत

सिन्धुली फागुन २२,

राजन गाउँले : सिन्धुलीमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन्। कमलामाई नगरपालिका–१४ काउँछेमा ९ वर्षीया एक बालिका बलात्कृत भएकी हुन्। उनलाई कमलामाई नगरपालिका–१४ काउँछेका १७ वर्षीय रुद्रबहादुर आलेमगरले बलात्कार गरेको पीडित पक्षले अारोप लगाएको छ। 

मावली घरमा बस्दै आएकी बालिकालाई गत बुधबार दिउँसो १२ बजेको समयमा नजिकैको खोलाको खोल्सीमा लगेर बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए। बालिका बलात्कृत भएको खबर परिवारले इलाका प्रहरी कार्यालय भिमानलाई दिएको थिए। त्यस लगत्तै परिचालन गरिएको प्रहरीले बलत्कार गर्ने आलेमगरलाई पक्राउ गरेको उनले बताए। 

खोल्सा नजिकै आलेले बालिकालाई बालोएर लगेपछि बलत्कार गरेको परिवारले जनाएको छ। दिदीको यौनीबाट अत्याधिक रगत बगेको बहिनीले देखेपछि आमालाई खबर गरेकी थिइन्। त्यसपछि आमाले सोधपुच्छ गर्दा आलेले बलत्कार गरेको खुलेको थियो । घटनापछि बालिकाको सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गराइएको छ भने आरोपी आलेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्ला अदालतमा म्याद थप गरी थुनामा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बरालले बताए।_अन्नपूर्ण;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com