एकल महिलाका सवालमा खुला बहस

काठमाण्डौ फागुन २०,

राज्यले दिने भनिएको १० लाख रुपैयाँ हालसम्म नपाएकाे द्धन्द्ध पीडित महिलाकाे गुनासाे

कपिलवस्तु । सशस्त्र द्धन्द्धको समयमा राज्य तथा गैर राज्यपक्षका कारण परिवार गुमाएका एकल महिलाको सवालमा मानवअधिकारका लागी एकल महिला समूहले वुधबार तौलिहवामा खुला बहस गरेको छ ।

कार्यक्रममा सहभागी द्धन्द्ध पीडित महिलाहरुले राज्यले दिने भनिएको १० लाख रुपैयाँ हालसम्म नपाएकाे गुनासाे गरे। उनीहरुले राज्यले द्धन्द्ध पीडित महिलालाई स्वरोजगार कार्यक्रम तथा परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने र १८ वर्ष माथिका छोराछोरीलाई पढाई पूरा नहुन्जेलसम्म छात्रवृत्ति दिनुपर्ने माग गरेका छन् ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएपनि आपसी विवादका कारण पीडितका माग सम्बोधन नभएको र पीडितका उजुरी संकलन गरेपनि हालसम्म छानविन शुरु नगर्नुले आयोगप्रतिको विश्वास गुम्न थालेको उनीहरुकाे बुभःाइ छ ।

बहसमा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले द्धन्द्ध पीडितहरुको अवस्था समस्याग्रस्त भएको र उनीहरुलाई राज्यले दिने भनिएका सेवा सुविधावाट बन्चित गर्न नहुने बताउनुभयो । उहाँले कपिलवस्तुमा द्धन्द्धका कारण ज्यान गुमाएका १ सय ८५ जनाका परिवारले ३ लाख तथा १ सय ५५ जनाले ५ लाख रुपैयाँ पाएको, बेपत्ताका ८ जनाले ५लाख रुपैयाँ तथा सम्पति क्षति भएकाहरुले समेत केहि राहत पाएको जानकारी दिँदै राज्यले दिन बाँकी रकम छिट्टै दिनुपर्ने उल्लेख गर्नुभयो । यसैगरि, सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले द्धन्द्ध पीडितहरुले ५८ हजार वटा उजुरी दर्ता गरेको भएपनि उजुरीका पोका अझै खोल्न नसकेकोमा क्षमा माग्दै राज्यले आयोग गठन गरेपनि बलियो बनाउने कानुन नबनाउँदा काम गर्न नसकेको प्रष्ट्याउनुभयो ।

उहाँले सशस्त्र द्धन्द्धको समयमा भएका घटनाका पीडितलाई न्याय दिलाउन तथा सामान्य घटनाको मेलमिलाप गर्ने कार्य जटिल रहेको भन्दै थपिएको समयमा सबै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले अरुका भन्दा एकल महिलाका समस्या थप गंभीर भएको भन्दै उनीहरुको समस्या सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समूहका १४ जिल्लाका प्रतिनिधि सहित जिल्लाका द्धन्द्ध पीडित एकल महिलाको सहभागिता रहेको थियो ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com