बोस्टन म्याराथन दौड २०१७ को लागि नेपाली पत्रकार बिमल रुपमा नियुक्त

विजय थापा,वाशिंगटन डीसी चैत्र ११,

अमेरिकाको बोस्टनमा झन्डै डेढ दशक देखि बस्दै आएका नेपाली मुलका छायाचित्र पत्रकार बिमल नेपाललाई बोस्टन म्याराथन दौड २०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त गरेको छ l उन्ले आफुलाई यस दौडको लागि नियुक्त गरेको सामाजिक संजाल अनुहार कितावमा उल्लेख गरेका छन् l 
बोस्टन बिश्व बिद्यालय बाट फोटोग्राफी अध्ययन गरेका नेपाल सम्भवत एक मात्र नेपाली मुलका आधिकारिक रुपमा बोस्टन म्याराथन दौड २०१७ को लागि फोटो पत्रकार छनौट भएका छन l आफुले यसै बिषयमा अध्ययन गरेको र बिश्व कै सबै भन्दा पुरानो तथा बिश्व बाट खेलाडीहरु सहभागी हुन् आउने भएकोले आफु उत्साहित भएको बताए l 

आगामी अप्रिल १७ ,२०१७ सोमबार प्याट्रीअट डे ( देश भक्त ) दिवसको उपलक्ष्यमा बोस्टन म्याराथन दौड २०१७ आयोजना हुने भएको छ l हरेक बर्ष यहि दिन नै आयोजना हुने उक्त दौड बोस्टनका थुप्रै शहरहरुको आतिथ्यमा बार्षिक बोस्टन म्याराथन दौड हुने गर्छ l 

बोस्टन म्याराथन विश्व कै सवै भन्दा पुरानो बार्षिक म्याराथन हो भने ब्रम्हाण्ड कै चर्चित सडक दौड प्रतियोगिता हो l सन् १८९७ बाट सुरु भएको म्याराथन दौड बोस्टन एथलेटिक एसोसिएसन(बिएए) ले व्यवस्थापन गर्दछ l  

यसले करिव पाँच लाख दर्शकलाई आकर्षण गराउदछ l  सन् २०१३ को बोस्टन म्याराथन दौडमा भएको बम आतंक आक्रमणमा ३ जनाको ज्यान गएको थियो भने करिव २ सय ६४ जना घाइते भएका थिए l उक्त घटना अप्रिल १५ २०१३ का दिन दौडको अन्तिम रेखा नजदिक बम पडकिएको थियो l 

म्याराथन अङ्ग्रेजी शब्द हो जसको अर्थ लामो दुरीको दौड हुन्छ। कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तिमा पनि ४२.१९५ किलोमिटर हुनु पर्ने मापदण्ड रहेको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com