बिनेसास साउदी शाखा र साझा लोक चौतारिले खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गर्यो

साउदी चैत्र १३,

विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी र कार्यक्रम साझा लोक चौतारिले संयुक्तरुपमा 27/10/2016 देखि 28 बिहान सम्म आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता  भब्यताका साथ तुमामा, ईग्जिट, ८, रियादमा सम्पन्न गरेको छ।
साहित्यिक स्रस्टालाई अवसर तथा साहित्य प्रतिको जागरण लाई उत्प्रेरित गर्दै प्रस्पोटन गर्ने गराउने उदेश्यले स्थापित विश्व नेपालि साहित्य महासङ्घ साउदी साखा तथा "नयाँ  लुकेका गला कला क्ष्यमतालाइ अवसर दिई प्रस्फुटन गर्ने गराउने हाम्रो अभियान" भन्ने मुल नारा बोकि स्थापित कार्यक्रम साझा लोक चौतारी ले संयुक्त रुपमा गरेको खुल्ला भलिबल प्रतियोगिता औपचारिक रुपमा मै भब्यताका साथ सम्पन्न भएको छ।
विश्व नेपाली साहित्य महासङ्घ साखा साउदीका अध्यक्ष तथा कार्यक्रम साझा लोक चौतारिका सन्चाँलक बालकृष्ण पौडेलको सभापतित्वमा सन्चालित सो कार्यक्रममा रुद्र कार्की प्रमुख अतिथी, नागेश तामाङ बिशेष अतिथी, रमेश लाम्गादे अतिथि,   विश्व नेपाली साहित्य महासङ्घ साखा साउदिका केन्दृय प्रतिनिधि सुर्य बिक्रम याख्या अथिथी लगायत अन्य सङ्सस्थाको प्रथिनिधिको रुपमा आएर पनि आशन ग्रहण गरेको सो कार्यक्रम  नीर बाहादुर सुनारले सन्चालन गरेका थिए।

सो खेलमा १४ टिमको सहभागिता रहेता पनि केही टिम समयमा नआएको कारण १० टिम सो खेलमा सहभागि थिए। जस्मा आयोजक विश्व नेपाली साहित्य महासङ्घको तर्फ बाट सस्थाका अध्यक्ष  बालकृष्ण पौडेल तथा बिबस थापा सहभागी टिम एक थियो। भने अर्को आयोजक टिम कार्यक्रम साझा लोक चौतारीको तर्फ बाट पनि एक  टिम सहभागी थियो सो कार्यक्रममा पहिलो हुने बिजेता टिमलाई खसी मेडल र प्रमाणपत्र पाएका थिए भने दोस्रो, तेस्रो, तथा उत्कृष्ट खेलाडी छनौट तथा म्यान अफ द म्याच को पुरस्कार पनि पाएका थिए।
विश्व नेपाली साहित्य महासङ्घ साखा साउदी र कार्यक्रम साझा लोक चौतारिले गरेको  सो कार्यक्रम सम्पन्न गर्न त्यति सजिलो थिएन सोही क्रममा बिभिन्न चुनौती हरु आए तर  पनि आफ्नो प्रतिबद्धता, लगनशीलता तथा सबैको साथले  गर्दा भब्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको विश्व नेपाली साहित्य महासङ्घ साउदी साखा का अध्यक्ष तथा कार्यक्रम साझा लोक चौतारिका सन्चालक बालकृष्ण पौडेर सचिब बिबस थापाले बताएका छन।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com