प्रवासमा रहेका श्रीमानलाइ श्रीमतीको -पत्र

आजको मिती --२०७३-३-२४ 

Hi Dear Husban
--------------------
 न्यानो माया मिठो सम्झना 

खासै लेख्नु पर्ने नया समाचार त केही थिएन तर तिम्रो समझना हरपल आइरहदा सम्झना स्वरूप केही शब्द कोर्न मन लाग्यो।

हामी जति टाढा रहेता पनि हाम्रो मायाको बिच कुनै बाधा बन्दन  र अडचन आउने छैन तिम्रो माया यो कलेजी कुनामा लुकाएर राखेकी छु समुद्रको गहिराइ भन्दा पनि गहिरो र हिमाल् भन्दा उच्च निच्छल रहिरहने छ।

 यतातिर सबै आरामै हुनुहुन्छ बाबू नानी आरामै छन उनिहरुको पढाई राम्रोसङ्ग चलेको छ।
 बाबुले  भन्दै थियो बुवा आउदा राम्रो ट्यापलेट ल्याइदिनु भन्नू न भनेर अनि नानीलाइ क्याट्बरी चकलेट धेरै भन्दा धेरै रे उनिहरु पनि तिमीलाई सम्झेर तिम्रै कुरा गर्छ्न बिचराहरु!

बुवा-आमा पनि सन्चै हुनुहुन्छ बुवाले भन्नू भएको छ एउटा मोबाईल ल्याइदिनु भन्नू है बुहारी नानी मोबाईल भयो भने त अहिले भरखर टाढाबाट पनि कुरा गर्न पाइन्छ देख्न पाइने जमाना आको छ रे भन्दै हुन्हुन्छ बुवा।
आमाले पनि सम्झिराख्नु हुन्छ के गर्दै होला खाना खायो कि नाइ आफ्नो ख्याल राम्रो राख्नु भन्देस है बुहारी भन्नू भको छ आमाले।

दाजु भाइ दिदी बहिनी पनि आरामै हुनुहुन्छ उहाहरुले पनि सम्झिराख्नु हुन्छ। गाउँमा सबै सोध्छन् लाहुरे कहिले फर्कन्छ रे गाउँ भनेर। र तिमी पनि आफ्नो राम्रो ख्याल राख्नु खानपिनमा ध्यान दिनु टाइममा खाना खानु समयको सहि सदुपयोग गर्नु घर नबिर्सिनु अरु त के सम्जाइरनु पर्छ र मैले तिमी आफै समझ्दार छौ।

सुन न अहिले त हाम्रो गाउँ पनि नगर पालीका नामकरण गरेको छ सरकारले अब हामी पनि गाउँ बासीबाट नगर बासी भएका छौ।

परारको साल सुनकोशीले बगाएर बगरबासी भयौ पोहोरको साल भुइचालो ले भत्काएर रोड बासी भयौ प्रकृतिले पनि हामीलाई रोड बासी र बगर बासी बनाएको थियो अहिले आएर सरकारले नगर बासी बनाएको छ।

हेर गाउँ ठाउँ जस्ताको तस्तै छ बिकास शून्य न पिच सडक न अस्पताल न कुनै सुविधाजनक काम भको छ केबल नाममा मात्र परिवर्तन गरेको छ।

राजनितिको कुरा गरि साध्या छैन एउटा माखो मार्दैनन नयाँ पाटी र नयाँ दल खोल्दै ठिक्क छ नेताहरुलाई । एउटा पाटीको सरकारमा छ भने त्यसलाइ छ महिना टिक्न दिदैनन खुट्टा तान्न थालिहाल्छ्न र आफ्नो मागहरु पूरा गर्न बन्द हडताल/आदोलन जस्ता कार्य गरेर जनतालाई दुख दिए पछि बल्ल नेताहरुको कार्य सफल हुने।
फेरि पनि चुनाव आइरहेको छ हेरौ कस्तो अवस्था लिन्छ त्यो चुनाबले । मलाइ त अब चुनाब मा भोट दिन पनि मन छैन धेरै बिचार गरियो यो सरकारले नगरे त्यो सरकारले गर्छ कि भन्दै पट्क पटक भोट दियो । खोइ अब त  नेपालको लागि सक्षम र असल नेता जन्मिएकै छैनन क्यार यस्तै लाग्छ ।

कि राजनीतिको हावा त्येस्तै हो !
गरि खान दिनिभएनन यस्तो पाराले कसरी उधोग धन्दा फस्टाउछ र देशको बिकास हुन्छ?
अब हामी जन्ताहरु नै सजक हुनु पर्नेमा अझ अन्धा भक्त आँखा चिम्लेरै लागि पर्छन पाटी र दलहरु प्रती!
कति कुरा गर्नु र यो राजनितिको---
अब गाउँघर र आफ्नै व्यबहारको कुरा तिर लाग्यौ ।हिजो आज गाउँमा युवा युवती भेट्न नि मुस्किल पर्छ।सबै बिदेश पलायन भए बाकी रहेका पनि सहर तिर नै बस्न थालेका छन।
आजकल गाउँघर त शून्य नै लाग्छ।

र धेरै आम्दानी नभए पनि एउटा सान-सानो बिउटीपलरको पसल राख्ने बिचार गरेकी छु पछि चल्दै गएछ भने ठुलै राख्दा नि भैहाल्छ अहिले भने थोरै पैसाको मात्र सोच बनाएकी हु ।       अब तिमी पनि कति प्रदेसिन्छौ र छिट्टै घर फर्कने सोच बनाउनु स्वदेश मै केही गरौला|
 यो दुई दिनको जिन्दगीमा पनि कति टाढिएर बस्नु सधै¡

आधा जिन्दगी त यसरी नै बित्यो¡
बाँकी रहेको जिन्दगी हासीखुसी सङै बाचौला ¡
यो पत्र पाउन साथ पत्र लेखी पठाउन न बिर्सनु म तिम्रो पत्रको पर्खाइमा छु!
यति भन्दै हावासरि चलिराखेको कलम लाई रोक्न बाध्य छु ।
बबाँकी कुरा भेटमा बिस्तार गरौला हस्त अहिलेलाइ बिदा हुन चाहन्छु  ।
                र दुख सुखमा साथ दिने ।
      ______________________________________________
                      तिम्री---------
               ____________________________________________        
                                       उहीँ----
                          _________________________________________

                                                    प्रियासी!!
                                         _________________________________________
                                                     पात्र कालपनिक
                                              ___________________________________________
                                                                  लेखिका- सीता अधिकारी(तिमिल्सिना)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com