कविता 'सराहना'
मध्येस्थ सपनाले झुठो बोल्यो
भन्छन् सपनाले भबिष्य देखाउँछ
बिगत देखाउँछ
आज मलाई बर्तमान देखायो
सराहनालाई सपनामा देखायो
हल्का निलो जिन्स
श्वेत शर्ट गाधा निलो स्वेटर
लगाएर सजिएकी दुरुस्तै सराहना
मेरो शयनकक्षमा तुचुक्क बसेको पाउँदा
म खुशिले विभोर हुँदै
तिम्रो तन्नेरी ज्यानलाई अङाल्छु
खुशिमा बेस्सरी रुन्छु
तिम्रो तरुणी ज्यानको न्यानोपन
तिम्रो हल्का सुगन्धलाई अङालीरहन्छु
त्यहाँ अमेरिकी बासी र नेपाल बासीको कुरा थिएन
त्यहाँ निनि* र भिन्चा* को कुरा थिएन
कुरा थियो एक आत्माको अर्को आत्मा सङग मिलन
बर्सौ अलग्गीएर बसेका आत्माको मिलन
बेस्सरी हुरी बतास आयो
मेरो शयनकक्ष कौशिमा परिबर्तन भयो
हावाले हामी दुबैलाई उडाउँन बल गर्दै थियो
आकाशमा ठूलो चत्याङ पर्यो
एक्कसी ठूलो आवाज आयो
झसङग भई म बिउँझीए
मेरो हात रित्तो थियो
तिम्रो न्यानोपन छुटिसकेको थियो अमेरीका सम्म
तिम्रो सुगन्ध हराइसकेको थियो अमेरीका सम्म
म आमा जस्तै टड्पीए
म बुबा जस्तै अधुरीए
म दीदीबहिनी जस्तै अभाबिए
म साथीसङगी जस्तै आत्तिए
अनि मोबाइल लिए
अमेरीकामा सराहनाको नम्बर डाइल गरे
“हेल्लो ” तिमिले भन्यो
मैले मेरो झुठो सपना भन्न नपाउँदै
सराहनाले भन्यो
“म लन्च मा छु भोलि बिहान कल गर्छु”
“बाइ बाइ लभ यु ..”
* फु्पु र भदै
–दिव्या बज्राचार्य