दामोदर पुडासैनीलार्ई शंकर लामिछाने युबा निबन्ध पुरस्कार प्रदान

काठमाण्डौ चैत्र ६,

शंकर लामिछाने प्रतिष्ठानले बि.सं.२०७३ सालको ुशंकर लामिछाने युबा निवन्ध पुरस्कारु बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर लाई एक भव्य समारोहबीच प्रदान गरेको छ । शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न्न भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.बिष्णु विभु घिमिरेले दामोदर पुडासैनी किशोरलाई ुशंकर लामिछाने युबा निबन्ध पुरस्कारु, बालकृष्ण पोखरेललाई ुशंकर लामिछाने निवन्ध पुरस्कारु र मदनमणि दीक्षितलाई ुशंकर लामिछाने  सम्मानु अर्पण गरिएको थियो ।

शंकर लामिछानेकी धर्मपत्नी एवं शंकर लामिछाने प्रतिष्ठानकी संरक्षक रत्ना लामिछानेले पुरस्कृत र सम्मानित तीनैजना स्रष्टाहरुको योगदान अतुलनीय छ भन्नु भयो ।

बरिष्ठ नियात्राकार तारानाथ शर्माले शंकर लामिछानेसंगको आफ्नो बसउठको प्रसङ्ग स्मरण गर्दै नेपाली  साहित्यमाा ुनियात्राु शव्दको प्रथम प्रयोक्ता बालकृष्ण पोखरेल, नियात्राकार दामोदर पुडासैनी र हरेक बिषयमा गम्भिरतापूर्वक लेख्न सक्ने मदनमणि दीक्षीतलाई एकै ठाउँमा राखेर पुरस्कृत र सम्मानित गर्न सक्नुले प्रष्ठिानको गरिमा अझ बढेको छ भन्नु भयो ।

नियात्राकार युबराज नयांघरेले शंकर लामिछानेको उपस्थितिले नेपाली नियात्रा लेखनमा फडको मारेको कुरा बताउनु भयो । सो अबसरमा नरेन्द्रराज पौडेलकाो विमोचनको विगविगी नामक कृति मञ्चमा आसिन सवैले एकैसाथ विमोचन गरेका थिए भन्ने बिमोचित कृतिका बारेमा कृतिका लेखक र समालोचक डा.ज्ञानुपाण्डेले प्रकाश पार्नु भएको थियो ।

पुरस्कृत र सम्मानित व्यक्तिको व्यक्तित्वका वारेमा समालोचक डा. लक्ष्मण प्रसाद गौतमले प्रकाश पार्नु भएको उक्त कार्यक्रमको साहित्यकार सिन्धु गौतमले संयोजन गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com