ऐतिहासिक कामबाटै इतिहास

अहिलेसम्मको इतिहासलाई नजिकबाट नियाल्दा जार्दा जसले विश्वको सर्वोकृष्ट काम गरेको छ, त्यसको इतिहास रहन्छ । छोटो समयमा उसले गरेका कामले विश्वमा ठूलै तरङ्ग ल्याईदिन्छ । जीवनभर कुनै पनि ब्यक्तिले म इतिहासको पानामा कैद हुन्छु भनेर दुःख गरिरहे त्यसको इतिहास नहुन पनि सक्छ । 

समयको माग, अनुकुल परिस्थिति साथै आम मानिसको इच्छा, आकांक्षा अनुसार सवैलाई अच्चमित पार्ने काम गर्छ भने त्यसको इतिहास रहन्छ, अन्यथा इतिहास रहदैंन । संसारमा नराम्रो काम गर्नेको पनि इतिहास हुन्छ तर त्यो इतिहास दुनियाँमा घृणित हुन्छ । मानिस आफैमा गलत हुदैंन, मात्र उसको चालचलन, बोलिचालि र ब्यवहारले मात्र राम्रो र नराम्रा हुन्छ । त्यसै मध्यको दैलेख जिल्लामा रहेका चारवटा संचार संस्था मिलेर दैलेख पर्यटन महोत्सवको कामको थालनि गर्नु ऐतिहासिक काम हो । यो काम नेपालको मात्र नभएर विश्वको पहिलो नमूना काम हो । 

धमाका पत्रिका प्रकाशन भएको दश वर्ष, रेडियो धुव्रतारा सामुदायिक एफ.एम संचालनमा आएको आठ वर्ष, साझा प्रतिविम्व साप्ताहिक पत्रिका छ वर्ष र रिपोर्टर्स क्लव दैलेखको शाखा स्थापना भएको पाँच वर्ष पुगेको छ । यी चारवटा संचारमाध्यमहरु आयोजक भएर आफ्नो स्थापनाको छोटो समयमा जिल्लाको इतिहास लेख्नको लागि गर्न लागेको काम संसारको एउटा उदाहरण हो । यो पंक्तिकार यी वाक्यशं लेखिरहदा यो महोत्सवबाट असन्तुष्टि छु, किन भने साझा प्रतिविम्व पत्रिकालाई निरन्तर प्रकाशनमा हुनुमा मेरो धेरै योगदान छ । रात दिन नभनि आफ्नो जिम्मेवारी अनुसार काम गरेको छु । अहिले आएर साझा प्रतिविम्वको सह–सम्पादकको जिम्मेवारी पाएको छु, यसमा मलाई खुसी छ । तर पत्रिकाको प्रकाशक मण्डले मलाई महोत्सवको कुनै पनि जिम्मेवारी तहसम्ममा मलाई पु¥याउन सकेन ।

काम गर्ने कालु, मकै खाने भालु’ भने जस्तै भएको मलाई आज आभास भएको छ । पत्रिका प्रकाशनको मण्डलाई नियाल्ने हो भने, मण्डलमा एक दर्जन नाम लेखिएका छन । उनीहरुलाई काम भन्दा पनि नाम चाहिएको छ । नाम धारीका ब्यक्तिले गर्दा आज म पत्रिका प्रकाशन मण्डलबाट रुट्ट छु । महोत्वसमा अन्य सवै पत्रकार साथिहरुको नाम उच्चाहरण गरिरहदा म पनि त्यहि महोत्सवको स्टेजमा थिए । तर नियत नै गलत भएका मानिसहरुले गर्दा आज म आयोजक पक्षबाट मात्र हैन आफुले काम गर्ने पत्रिका र सिङ्गो पत्रकारिता पेसालाई धिर्कान पुगेको छु । यो विषयवस्तुमा कुनै दिन चर्चा÷परिचर्चा होला । साझा प्रतिविम्वमा वहसको विषय हुन सक्छ ।
प्रेमबहादुर शाही 

सत्य तितो हुन्छ, तर सत्यले समाज परिवत गर्न महत्वपूर्ण भूमिका हुन्छ ।’ महोत्सवमा होमिएका औलामा गनिने महान पत्रकारलाई भन्न चाहान्छु ।।।गौडामा बस्यो भने, हात्तिलाई पनि धाप लगाउन पाईन्छ ।’ यति लेखिरहदा ।

बुझ्नेलाई इसार नै काफि हुन्छ ।’ म मात्र हैन महोत्सव र इतिहास लेखनमा आयोजक रहेका चारवटा संचार संस्थामा काम गर्ने धेरै पत्रकार छन । उनीहरु पनि म जस्तै रुट्ट भएका छन । यहि महिनाको १२ गतेदेखि २२ गतेसम्म जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि दैलेख पर्यटन महोत्सव २०७३ साथै राष्ट्रिय कृषि, उद्यम घरेलु तथा ब्यापारमेला संचालन भईरहेको छ । यो काम यी चारवटा संचार संस्थाको स्थापना हुदाँ सत्य, तथ्य, खोज, मिशन र ब्यावसायीक रुपमा कलम चलाउने र आम नागरिकलाई सूचनाबाट सूसूचित गर्ने काम भनि स्थापना भएका हुन । यी संचार माध्यमको यहि बाहेक अन्य कुनै पनि लक्ष्य र उद्देश्य लिएका हुदैंनन् । स्थापना कालमा कसैले नसोचेको अर्थात आफ्नो पेशा भन्दा बाहिरको काम गरौंला भनेर कुनै पनि संचारमाध्यका संचालकहरुले सोचेका पनि हुदैंनन् र सोच्नु पनि हुदैंन हुदैन । तर संयोग पनि कस्तो आउँदो रैछ ! जुन कसैले नचाहेको काम गर्नु प¥यो । त्यहि असोचनीय र अप्रत्यासिलो काम नै ऐतिहासक हुन पुग्दैं छ । 

हामी एक्काईसौं शताब्दीका मानिसहरु भनिरहदा हामीलाई आफ्नो जिल्लाको पहिचान, महत्व र इतिहास के हो ? बुझ्न सकेनौं । संसारका केही यस्ता इतिहास छन जुन अहिले पनि हामीले सहजिदै पढ्न र देख्न पाएका छौं । तर हामी भने आफ्नै जिल्लाको पहिचान, महत्व र इतिहास के कस्तो हो भन्ने विषय वस्तुमा अनविज्ञ भयौं । त्यसैको खोजिका लागि आज केही सीमित संचारमाध्यमले जिल्लामा रहेका ऐतिहासिक, साँस्कृतिक, धार्मिक पर्यटकीय महत्वका इतिहासहरुको खोजी गरी विज्ञहरुवोलाई दैलेखको इतिहासको लिपिवद्ध लेखन कार्य सुरुवात गर्ने । लेखिने इतिहासहरु नेपाली र अंग्रेजी भाषामा गर्ने । दैलेखमा खानीको रुपमा रहेका पेट्रोलियम पदार्थको उत्खनन् कार्य र जलविद्युत आयोजनाहरुको निमार्ण कार्यका लागि राज्यको ध्यानाकर्षण गराउने । जिल्लामा लुकेर रहेका स्थानीय लोक सँस्कृतिको संरक्षण तथा उजाग गदैं इतिहास लेखनमा समावेश गर्ने । 

आन्तरीक तथा बाह्य जिल्लाबाट लद्युउद्यम, कृषि, घरेलु तथा ब्यापारका लागि विभिन्न उत्पादनहरु दैलेखमाल्याई त्यसको ब्यापक प्रचार÷प्रसार र बजारीकरणमा सहयोग र्ने । दैलेखलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने । जिल्लामा रहेका विद्युत उत्पादनसँगै आर्थिक, सामाजिक राजनीतिक विषयहरुको खोजी गरी देखिएका सम्भाब्यताहरुलाई उजागर गर्ने । कोटीलामा मानव निर्मित ताल निर्माण गरी पञ्चकोशीद्धार बनाउने लगाएतका कार्यमा जोड दिने गरी जुन काम अघि बढेको छ । यो आफैमा गौरव हो । दैलेख जिल्ला प्राकृतिक स्रोत साधन, धार्मिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण जिल्ला हो । यहाँ सयौं वर्ष देखि प्राकृतिक स्रोतहरु माटोमूनि दविएर रहेका छन । तीनलाई उत्खनन् गरी प्रयोगमा ल्याउने हो भने, दैलेख जिल्लामात्र आत्मनिर्भर नभएर देश नै आत्मनिर्भर बनी मासिक करोडौंको रुपैयाँ बराबरको स्रोत साधन नियात गर्ने सक्ने प्रचुर सम्भावना रहेको जिल्ला हो । 

पञ्चकोशी तिर्थस्थल सयौं वर्षदेखि निरन्तर पानी माथि बलिरहेको ज्वाला, अर्थात पेट्रोलियम पदार्थ रहेको, दश हजार मेगावाट विद्युत उत्पाद हुने नदी, कानाईनेटिक ढुङ्गा, तामा, फलाम र बाईसे÷चौविसे राज्य मध्ये दुईवटा राज्य भएको जिल्ला हो । त्यसैले यो दैलेख जिल्ला आफैमा एक फरक पहिचान भएको जिल्ला भएपनि त्यसलाई प्रमाणित गर्न कुनै पुस्ता लागेन । नेपाली भाषाको पहिलो शिला, करिव तीन दजन जात जातिको उद्गम स्थलन र नेपालको भन्ने देशको नाम यहि जिल्लाबाट रहन गएको भन्दा पनि त्यसको प्रमाणित गर्ने हामीसँग कुनै आधार नै भएन । त्यसैले जिल्लाको इतिहास लेख्न अनिवार्य थियो । यति मात्र नभई इतिहास लेखनसँगै जिल्लाका इतिहासिक, प्राकृतिक स्रोत साधन र कला सँस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन जिल्लावासी यतिखेर रातादिन आ–आफ्नो क्षेत्रबाट विभिन्न प्रयास गरिरहेका छन । 

जसले आज दैलेख नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन पुग्ने छ । यस भन्दा अघिका महोत्सवले पनि जिल्लालाई देश विदेशसम्म चिनाउनको लागि महत्वपूण काम गरेका थिएन । त्यसैले अहिले आएर जीवनमा एक पटक अनिवाय दैलेख जिल्ला घुम्नुपर्ने ठाउँ हो भन्ने गरेका छन । जिल्लाको इतिहास लेखनको लागि दैलेख पर्यटन महोत्सव २०७३ लाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं संचालन भईरहेको महोत्सव र जिल्लाको इतिहास लेखनको काम अन्तिमसम्म पुगेर टुब्गीयोस् मेरो अपेक्षा छ । लेखक साझा प्रतिविम्व राष्ट्रिय साप्ताहिकका सह–सम्पादक हुन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com