एनआरएन सास्कृतिक साझमा राजेश पायल राई नाइजेरिया आउने

लेगोस फागुन १८,

प्रशिद्द नेपाली गायक राजेश पायल राई एनआरएनए नाइजेरियाले आयोजना गर्ने नयाँ बर्ष सास्कृतिक साझमा आफ्नो प्रस्तुती दिन नाइजेरियाको लेगोसमा यहि अप्रिल १,२०१७ मा आउने भएका छन । संघका नाइजेरिया कार्यबाहक अध्यक्ष जनक बिष्टका अनुसार लोकप्रिय नेपाली गायकलाई अफ्रिकामा बोलाउन पाउँदा यहाको एनआरएन समुदाय हर्षित भएको छ भन्नू भयो ।

संघले गत बर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुतिको सफल आयोजना गरेको थियो । संघका आइसिसी सदस्य चिरन्जिबी  रोकाका अनुसार नेपाली कला संस्कृतिको अफ्रिकामा यसले प्रबर्द्धन गर्ने बताउनु भयो । उक्त कार्यक्रममा राजेश पायल राईका अतिरिक्त स्थनिय अफ्रिकन कलाकारहरुले पनि नेपाली र स्थनिय भाषामा आफ्ना गित र नृत्य प्रस्तुत गर्नेछन संघका सचिब रोशन थापाले जनाउनु भयो ।

कार्यक्रमका लागि सबै तयारी हुँदै गरेको र सिमित संख्यामा रहेका नेपाली बिच पनि यो उत्कृष्ट कार्यक्रम रहनेमा यहाको नेपाली समुदाय बिश्वस्त रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com