सन्दर्भ, भ्यालेन्टाइन डे

नागरिक स्वतन्त्रताको पक्षमा उम्भिएको कथा

भनिन्छ, प्रेम हासो र आँसुसँग खेल्छ, जीवनका सवै थोक प्रेमको अंगालो भित्र आउछन र जीवनका प्रत्येक कदम, प्रत्येक क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई राम्रोसँग जान्नु र अध्ययन गर्ने गर्नु पर्दछ । प्रेम दिवसलाई युवाहरुको प्रिय चाडको रुपमा मनाउन थालिएको छ । यो आउनु अघि नै युवाहरु प्रेमको रङ्गमा रंगिएका हुन्छन ।
आखिर भ्यालेन्टाइन डे कहिले मनाउन थालियो, यसको के कस्तो महत्व छ ? भन्ने बारेमा पछिल्लोे पिडीहरुको ध्यान जान सकेको छैन । यसको वास्तविकता, महत्व र ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्न सान्र्दभिक छ । हजारौं वर्ष अघि रोमनका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए । सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । पादरी भ्यालेन्टाइन भने
अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवै जनाको अलग अगल विचारमा ठूलो विवादको विषय बनेको थियो । त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको
राजाज्ञा थियो । राजाज्ञाको उर्दीलाई अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विावाह गराए । फल स्वरुप राजाको
निषेधाज्ञा तोडेको आरोपमा ई.पू. २७० को फेवअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झना नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिएको हो । उर्दीलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेका थिए । त्यो दिन नै आज दिवशको रुपमा भ्यालेन्टाइनका रुपमा विख्यात भयो । पश्चिमेली सभ्याताको यो चाडले विस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो । 

यो दिन युवाहरुको चाहना र मायाहरु ब्यक्त गर्ने दिनका रुपमा मनाउने गरिएको छ । आजका युवाहरुले पश्चिमेली सभ्यता र फेसनलाई स्वीकार गरेका छन । त्यसैगरी मदर्स डे, फादर्स डे, भ्यालेन्टान डे पनि सहज रुपमा स्वीकार गरेका छन । पश्चिमेली सांस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता संस्कार र परम्परा खण्डित भैरहेका छन । आधुनिकता र देखावटी पनको चकचकी बढ्दो छ । त्यसै मध्ये भ्यालेन्टाइन डे पनि एक हो । यो दिनलाई नै गर्लफेन्ड र ब्वाई फ्रेन्ड बनाउने दिन हो, भन्ने युवाहरुको जमत ठूलै छ । त्यसैले आजका युवा मस्तिष्कले मात्र होइन मनले पनि यहि सोच्छन र उनीहरु प्रेमको लागि जीवन नै त्याग गर्न पछि पदैंनन् । जीवनका गोरेटाहरुमा अंकुश भन्दा खुसी माया र स्वतन्त्रता चाहेका हुन्छन ।

समयको परिर्वतनसँगै भ्यालेन्टाइन डे दिवश मनाउने प्रचलन पनि भिन्ना भिन्नै रहेको छ । पहिला प्रमी प्रेमिकाहरु आ–आफ्ना भावहरु ब्यक्त गर्न प्रेम पत्रद्धारा हुन्थ्यो भने पछि गुलाफ र फूलका गुच्छाको चलन आएको छ । सन १९८० देखि डायमन्ड कम्पनीहरुले विभिन्न डिजाइनमा खेलौना, मुटु आकारका चकलेट, अर्थात धेरैले पछिल्लो समयमा गुलाफको फूल उपहार दिन मन पराउने भएकाले त्यही अनुरुपमा वस्तुहरु र फूलहरु उत्पादन गर्ने गरेको छ । सवैभन्दा उत्तम फुलाफको फूल मायाको प्रतीक भएकाले त्यही नै सवै भन्दा बढी प्रेमीकालाई उपहार दिने गरिएको छ । अहिलेसम्म भन्ने गरिन्छ । संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो । जसले केवल प्रेमको भाष बोल्छ । धेरै जानको विचारमा छ । यो केवल युवाहरको माया प्रेम गर्न आजको दिन राम्रो मानिन्छ । 

प्रत्येका युगल जोडिले प्रेम गर्न सक्छन तिनीहरु भविष्यमा श्रीमान श्रीमती हुनसक्छन यो दिन सवै प्रेमको चिनो दिने दिनको रुपमा हेर्ने गरिएको छ । यो दिनमा कसैले लोमो चुम्बनको रेकर्ड राख्ने गरेका छन त, कसैले सवैभन्दा लामो प्रेम पत्र लेख्ने जस्ता विभिन्न कामहरु गर्ने गरेका छन । जीवनका प्रत्येक कदममा प्रत्येक क्षेत्रमा प्रेमले पापी अनि अपराधीलाई समेत सुधारर्ने गर्दछ । जसको प्रयोगले शत्रु पनि मित्र बन्छ । प्रेमले मानिसलाई चेतना मात्र होइन नयाँ जीवनसमेत दिन्छ । भ्यालेन्टाइन डे दिवश प्रेम, प्रणय र काम बासनाको प्रतीक मात्र हैन । त्यसैलेत भनिन्छ प्रेम अन्धो हुन्छ । यो दिवशको जीवन साथीको रुपमा मात्र नभएर मानवअधिकार र प्रजातन्त्रसँग पनि जोडिएको छ । 
प्रेमबहादुर शाही

जनताको चाहना र मानवअधिकार बिरुद्ध घोषणा गर्ने शासक र जनताको अधिकार खोस्नु हुन्न भन्ने पादरीको संघर्षको जज्वन्त उदाहरण हुन । उनले त्यति बेला जे गरे यो अहिलेको पनि यो संघर्ष चलिरहेको छ । अर्थात् प्रजातन्त्र र मानवअधिकारको संघर्ष निरन्तर जारी छ । के भ्यालेन्टाइन डेलाई यसरी पनि सम्झना सकिन्न ? समाज खुला होस् वा बन्द, मानिसका आकांक्षा कही न कहीबाट प्रकट भैरहेकै हुन्छ । बन्द समाजमा बस्ने मानिसहरुका आवाज बन्द हुनसक्छ तर भावना र चाहना बन्द हुँदैन । त्यसैले त कट्टर धार्मिक कानून लादिएका मुलुकहरुमा पनि भ्यालेन्टाइन डे मनाइन्छ । आखिर प्रेम र प्रणयमा भ्यालेन्टाइन डे नै किन रोजियो ? पश्चिर्मी सभ्यताको त्यो एउटा इतिहास पुरुषले स्थापित गरेको मान्यताले अहिलेसम्म किन स्मरणीय रह्यो भन्ने कुतुहलता जागृत भै नै रहेको छ । के पूर्वीय समाजमा त्यस्ता दिवस मनाउने कुनै सन्दर्भ छैन त ? पक्कै पनि छन । 

नेपाल र भारतमै प्रेम र समर्पणका अनेक कथा र गाथाले भरीएका सामाग्री जति पनि छन् तर ती सबै भन्दा
अलग छ । किन भने भ्यालेन्टाइन डे ले शासक बिरुद्ध संघर्ष गरे, देह त्याग गरे प्रेम र प्रणयका लागि । त्यसैले
अरु प्रेमका कथा भन्दा फरक छ भ्यालेन्टाइन डे । नागरिक स्वतन्त्रताको पक्षमा उभिएको कथा छ । आजभोलि
भ्यालेन्टाइन डे शारीरिक सम्बन्धमा पुगेर टुंगिने गरेको छ । भ्यालेन्टाइन डे को दिन बसेको माया अर्को भ्यालेन्टाइन डे नआउँदै टुटेको पनि देखिन्छ र सुनिन्छ पनि । जीवन विताउन धेरै वर्ष छ । सँगै जीउने सँगै
मर्ने बाच्छा खाएका युगल जोडि यसरी वर्ष दिन नपुग्दैं छुट्टिनु कोही कसैको लागि राम्रो हैन । आजको दिन प्रेम
गाँस्नेहरु त्यो प्रेम र मायाको गाँठो जीवन्तसम्म रहने गरी गर्नु पर्दछ । मनदेखि कसैलाई माया÷प्रेम गर्ने भए त्यो एउटा क्षेणिका लागि नभई दिर्घकालिन हुनु पर्दछ । 

आजको दिन मायामा रमाउनेहरु जुन भगवान पनि खुसी हुन्छन भन्ने ठानिएको हुन्छ । यो पंक्तिकारको जीवनमा पनि माया प्रेम गर्नेहरु नआएका हैनन् । म तिमिलाई माया गर्दछु भन्ने गरेका थिए, उनीहरु नै वर्षदिनसम्म त्यो मायालाई टिकाउन नसकि छोडेर गएका छन । उनीहरु वेक्लै संसारमा रमाएका दृश्यहरु देखिन्छन । उनीहरुले गर्ने माया बजारीय फेसन जस्तै थियो । जुन माया प्रेमलाई सजिलैसँग परिभाषा गर्न सक्थ्ये । सामाजिक संजालमा त कति हो कति म तिमिलाई माया गर्दछु, भन्ने र लेख्नेहरुको पनि कमि थिएन । परिचित मात्र हैन, अपरिचित साथिहरुले पनि निकै हैरानी दिनका यादहरुलाई आजको प्रेस दिसवले पुनः सम्झाई दिएको छ ।

मेरो याद आयो भने घाम र जुन हेर्नु म त्यहि हुने छु । यो जुनिमा तिम्रो हुन सकेन अर्को जुनिमा म तिम्रै हुने छु’ भन्ने भनेर पराईको काखमा पुगेका रमाउने हरुको यो दिन जीवनको सवैभन्दा धेरै खुसि भएका छन । मसँग एउटा झुट्टो माया÷प्रेम गरे विछोडिएकाहरुले दिएको पीडा कति सम्म हुदो रैछ, त्यो त जसले भोगेको छ, त्यसैलाई मात्र थाहा छ । यी पंक्तिहरु लेखिरहदा उनले जे गरेकि थिईन, त्यो उनको जीवनमा राम्रो थियो । गलत नै म रहेछु । किन कि उनको मायालाई चिन्न पनि नसकेको रहेनछु । धुलो मेरो अनुहारमा थियो तर मैले जीवनभर ऐना पुछिरहे । त्यसैले प्रेम र प्रणयलाई सस्तो ठान्नु हुन्न यो ईश्वरीय देन हो, भन्ने त्यागी पादरी भ्यालेन्टाइनको सम्झना गर्नेहरुले कहिल्यै धोका र विश्वासघात गदैर्नन ।

लेखक,
दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com