स्वास्थ्य जाँच गराउने गर्भवती महिलाको संख्या बढ्दो

कालिकोट फागुन ५,

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामा नियमित स्वास्थ्य परिक्षण तथा गर्भ जाँच गर्न आउने गर्भवती महिलाको संख्या बढेको छ । कार्यालयका अनुसार यसले सञ्चालन गरेको क्लिनिकमा हाल दैनिक ४० देखि ५० जनासम्म आउने गरेका छन् ।

क्लिनिकका अनमी मालिका थापा गर्भवती हुँदा चेकजाँच गर्नु पर्ने चेतना पाएपछि नियमित चेकजाँच गर्ने गर्भवतीको संख्या बढेको बताउनुहुन्छ । उहाँका अनुसार गर्भवती महिलाले गर्भ रहेको ९१ दिनमा प्रथम पटक धनुष्टंकार विरुद्धको खोप र दोस्रो पटक ६ महिनामा खोप लगाउनु पर्ने हुन्छ ।

पछिल्लो समय गर्भ जाँच गर्न २० वर्ष मुनि र १६ वर्ष माथिका गर्भवती आमाहरु आउने गरेको थापाले जानकारी दिनुभयो । समुदायमा जनचेतनाको कमी र बालविवाहको मुख्य कारण कलिलो उमेरमा आमा बन्नेको संख्या धेरै रहेको थापाले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com