हेलिकोप्टर चार्टर गरेर चिकित्सक आफैं पुगे गर्भवती लिन

सोलुखुम्बु माघ २१,

सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ । 

बुङकी निर्मला राईलाई प्रसूति गराउन प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याइए पनि शल्यक्रिया नै गर्नु परेपछि त्यहाँका चिकित्सकले जिल्ला अस्पताल फाप्लुमा रिफर गरेका थिए । लगत्तै जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका प्रमुखसमेत रहेका चिकित्सक मिङमाछिरी शेर्पा हेलिकोप्टर लिएर सोताङ पुगेका थिए ।

बिहीबार बिहान करिब ११ बजे मनाङ एअरको हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई शल्यक्रिया गरेर शिशुलाई जन्म दिन सफल भएको चिकित्सक शेर्पाले बताए । हेलिकप्टर चार्टर गर्दा लागेको सबै खर्च जिल्ला स्वास्थ्य कार्यालयले बेहोर्ने डा शेर्पाले बताए । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । रासस:
तस्बिरः डा मिङ्मार ग्याल्जेन शेर्पाको फेसबुकबाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com