श्रीमानले जलाएकी महिलाको उपचारका क्रममा मृत्यु

रुपन्देही फागुन ९,

श्रीमानले मट्टितेल छर्केर आगो लगाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा भैरहवास्थित मेडिकल कलेजमा निधन भएको छ । 

नवलपरासीको पक्लिहवा ९ सकरदेही ३५ बर्षीय निनु मुसहरले आफ्ना ३३ बर्षीया नदेरु मुसहरलाई मट्टितेल छर्केर आगो लगाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

नवलपरासीका प्रहरी निरीक्षक अर्जुन रानाभाटले उपचारका क्रममा भैरहवामा महिलाको मृत्यु भएको बताएका छन् । मुसहर श्रीमानले लगाएको आगोबाट जलेर गम्भीर घाइते भएकी थिइन् । 

निनु मुसहरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । के कारणले उक्त घटना भएको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com