खानापछि गुलियो चिज किन खाइन्छ !

एजेन्सी माघ २१,

खाना खाइसकेपछि गुलियो खानु जरुरी छ । तर, किन खानुपर्छ भन्ने तपाईलाई थाहा पनि नहुन सक्छ । यदि यसलाई तपाई परम्परा मान्नु हुन्छ भने गलत सोचिराख्नुभएको छ ।

जब तपाई केही खानुहुन्छ भने त्यसलाई पचाउन शरीरले एसिड स्रावित गर्नुपर्छ । यदि तपाईले मसालेदार चीज खानुभएको छ भने एसिडको मात्रा बढ्न जान्छ ।

जबकि गुलियो–मिठो चिजमा कार्बोहाइड्रेट पाइन्छ । जसले पाचन प्रक्रियालाई ठिक ठाउँमा ल्याउँछ । यसैकारण खाना खाएपछि गुलियो–मिठो चिज खाएमा पाचन प्रक्रिया दुरुस्त हुन्छ ।

यसका साथै मिठो चिज खाएमा सेरोटोनिन नामको हर्मोनको स्तर बढ्ने गर्छ । न्यूरोट्रान्समिटरको काम गर्छ । मिठो खाएपछि तपाईलाई खुशीका अनुभव पनि हुने गर्छ ।

जुन मानिस धेरै खाना खान्छ त्यसलाई हाइपोग्लाईसीमियाको समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा ब्लड प्रेसर कम हुन जान्छ, जसलाई खतरा मान्न सकिन्छ । यस्तो अवस्थामा मिठो खानु उपयुक्त हुने सल्लाह दिइने गरिन्छ ।

खान आएपछि मिठो चिज खानुको फाइदा तपाईले जानेपनि सेतो चिनीबाट बनेको चिजबाट भने बच्नुपर्छ । किन भने यो स्वास्थ्यका लागि घातक हो । बरु तपाई गुडको सेवन पनि गर्न सक्नुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com