डीसी,मेरिल्याण्ड र भर्जिनिया क्षेत्रका घरपरिवार अमेरिकाकै १० शीर्ष स्थानका करोडपति धनाड्य

विजय थापा,वाशिंगटन डीसी फागुन ८,

अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने घरपरिवार अमेरिका कै १० शीर्ष स्थानका करोडपति घरपरिवार भएको तथ्यांक तथा समाचार बाहिर आएको छ l फिनिक्स बजारीकरण अन्तर्राष्ट्रियले गरेको एक सर्वेक्षण अनुसार अमेरिकाका १ देखि १० सम्म शीर्ष स्थानका करोडपति घरपरिवारहरु डीसी,मेरिल्याण्ड तथा  भर्जिनिया क्षेत्रमा बसोबास गर्ने घरपरिवारहरु जनाएको छ l 

सन् २०१६ को सर्वेक्षण अनुसार ७.५५ प्रतिसत अंक प्राप्त गरि अन्य सबै राज्यलाई पछाडी छोड्दै मेरिल्याण्ड राज्यका घरपरिवार शीर्ष स्थानका करोडपति धनाड्य घर परिवार बन्न पुगेका हुन् l सन् २०१५ भन्दा मेरिल्याण्ड राज्यको प्रतिसत ७.७ रहेको थियो भने तर तुलनात्मक रुपमा सन् २०१५ भन्दा घट्न गएको छ l 

मेरिल्याण्ड राज्यमा घरपरिवार २ करोड २३ लाख ७ हजार ५ सय ७ बाट वृद्धि भै २ करोड २५ लाख ४ हजार ७ सय ९८ घरपरिवार पुगेको छ l यसै गरि सन् २०१५ को तुलनामा भर्जिनिया तथा डीसी क्षेत्रका करोडपति घरपरिवारको वृद्धिमा पनि ह्रास भएको छ l तथ्यांक अनुसार भर्जिनिया अझ पनि आठौ तथा डीसी नवौ डिसी ओगट्न सफल भएको छ l डीसी आर्थिक मन्दीको कारण २० औ स्थानमा सम्म पुगेको थियो l 

गत बर्ष २०१६ को अगस्तमा गरिएको एक सर्वेक्षण अनुसार बृहत वाशिंगटन डीसी अमेरिका कै उच्चतम सघन घरपरिवार करोडपति जिप कोड भएको शहर भएको छ l 

यसै गरि कनेक्टिकट दोश्रो,न्युजर्सी ,हवाई ,अलास्का ,म्यासाचुसेट्स ,न्युह्याम्पसायर तथा डेलावेयर क्रमस १० औ स्थानमा पर्न गएका छन् l अमेरिकामा उच्च धनि वर्ग तथा मध्यम धनि वर्गको खाडल फराकिलो रुपले वृद्धि भै रहेको तथ्यांकले देखाएको छ l 

अमेरिकामा करोडपति घरपरिवार गत पाँच बर्ष देखि झन्डै ८ लाख बढेको देखिएको छ भने जुन अनुपात ज्यादा रुपले अपरिवर्तन छ l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com