बैतडी फागुन ७,
श्रीमतीको सम्झनामा एक व्यक्तिले बैतडीको सित्तड स्वास्थ्य चौकीलाई दुई रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका छन् ।
जग्गा प्रदान गर्नेमा सित्तड–९ घमालीका रामसिंह कार्की रहेको सित्तड स्वास्थ्य चौकीका प्रमुख नैनसिंह गोयलाले जानकारी दिए । श्रीमती पार्वती कार्कीको सम्झनामा उनले स्वास्थ्य चौकीका लागि सो जग्गा प्रदान गरेका हुन् ।
पावर्तीको ५४ वर्षको उमेरमा छ महिना अगाडि मृत्यु भएको जनाएको छ । प्रदान गरिएको उक्त जग्गामा पार्वतीको नाममा बर्थिङ सेन्टर निर्माण गरिने प्रमुख गोयलाले बताए । रासस